Aamsanchar

झापा गोल्डकपको उदघाटन खेलमा झापा ११ विजयी (फोटो फिचर सहित)

Author Image
शनिवार, फागुन १८, २०७५

बिर्तामोड । मगमग झापा गोल्डकपको चौथो संस्करणमा मगमग झापा ११ ले पोखराको सहारा क्लबलाई शुन्यका बिरुद्ध दुइ गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । झापाले क्वाटरफाइनलमा हङकङ नेप्लीज एकाडेमी क्लबसँग प्रतिष्पर्धा गर्ने छ ।

झापाको जितका लागि सब्सिच्युट खेलाडी सञ्जोग राई नायक बने । खेलको ३५ औ मिनेटमा कप्तान कर्ण लिम्बुलाई बिस्थापन गर्दै मैदान प्रवेश गरेका राईले एक गोलमा पास गरेका थिए भने अर्काे गोल आफैले गरेका थिए ।
खेलको ३६ मिनेटमा मैदान प्रवेश गरेका राईले खेलको ४० मिनेटमा झापाका लागि बिदेशी खेलाडी काजिम बुखारीलाई पास मिलाएका थिए । डि एरियाभित्र पाएको पासलाई अनमार्क रहेका बुखारीले पोष्टको दिसा दिएका थिए ।


खेलको ४५ औ मिनेटमा योगेश गुरुङको पासलाई बिपक्षी पोष्टको बाँया बार च्याप्दै गरेको गोलले जाली चुमेको थियो । खेलको ६१ औं मिनेटमा काजिम बुखारीले वान भर्सेस वानका अवसरलाई पनि सदुपयोग गर्न सकेनन । उनको प्रहार फ्रेमभित्र पर्न सकेन । ६३ औ मिनेटमा सञ्जोग राईको कडा प्रहार बिपक्ष गोलकिपरले रोकेका थिए ।


खेल अवधिभर झापालाई दवावमा राख्न सफल भएपनि पोखराले झापा बिरुद्ध कुनै आक्रमण गर्न सकेन । तीन बिदेशी खेलाडी सहित मैदानमा उत्रिएका दुबै टीमका एक एकजना खेलाडीले पहेलो कार्ड पाएका थिए । खेलको म्यान अफ दम्याच मगमग झापा ११ का सञ्जोग राई घोषित भए । उनले १५ हजार रुपैंया पुरस्कार पाएका थिए ।
दर्शकमध्येका शिबसतासीका भक्तिप्रसाद भण्डारीलाई लक्की ड्र बाट २० इन्चको हिमस्टार टिभी पाएका थिए । बिर्तामोडको हिम इलेक्ट्रोन्क्सिले सबै खेलमा लक्की ड्र गरेर एकजना भाग्याली दर्शकलाई एलइडी टिभी प्रदान गर्ने जनाएको छ । आइतबारको खेल शसस्त्र प्रहरीको एपीएफ क्लब र मोरङ ११ बीच हुने आयोजक समितिका संयोजक महेन्द्र गिरीले जानकारी दिए ।


कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले नेपाली फुटबलको बिकासा झापाले गरेको योगदान अतुलनीय रहेको बताएका थिए । कार्कीले झापाको फुटबलमा सहयोग गर्न प्रदेशले कुनै कसर बाँकी नराख्ने बताए ।
फागुन २७ गते सम्पन्न हुने गोल्डकपमा बिभागीय तीन सहित काठमाण्डौका ५, मोफसलका ४ र एक बिदेशी टीमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले १२ लाख ५५ हजार र उपबिजेताले ६ लाख ५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।


खेलपछि पोष्ट म्याच कन्फ्रेन्समा कुरा गर्दै झापाका प्रशिक्षक प्रवेश कटवालले पोखराको सेट टीमलाई हराउनु चुनौतिपुर्ण भएपनि सफलता मिलेको बताए । उनले उपाधि उचाल्नका लागि बिदेशी खेलाडी समेत ल्याएकोले दर्शकलाई निरास नपार्ने समेत बताए । यसअघि भएका तीनवटा गोल्डकपमा झापा फाइनलमा पराजित हुँदै आएको थियो ।

पोखराका प्रशिक्षक कविन ब्याञ्जनकारले टीमकोे आक्रमण फितलो हुँदा पाएको अवसर सदुपयोग गर्न नसकेको बताएका छन् । मोफसलको सफल टीमलाई उसकै होम ग्राउण्डमा चुनौति दिनु मुस्किल परेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. १ आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीलाई मायाँको चिनो प्रदान गर्दै झापा गोल्डकपका अध्यक्ष महेन्द्रकुमार गिरी ।

स्वर्गीय डोमालाल राजवंशीका परिवारलाई नगत २५ हजार सहयोग रकम हस्तान्तरण गर्दै झापा गोल्डकपका अध्यक्ष महेन्द्रकुमार गिरी र गोल्डकपका संरक्षक जलकुमार गुरुङ ।

फोटो : विनोद पाण्डे कमल/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 24

प्रतिक्रिया (०)

सम्बन्धित खबर