Aamsanchar

अघिल्लो खेलमा निकालिएका खेलाडीले आज झापा ११ लाई सेमीफाईनलमा पुराए

Author Image
सोमवार, फागुन २०, २०७५

बिर्तामोड । पाहुना टोली हङकङ नेप्लिज एकाडेमीलाई १–० गोलले पछि पार्दै आयोजक मग मग झापा ११ एफसीले मगमग झापा गोल्डकपको अन्तिम चारमा स्थान सुरक्षित गरेको छ ।
डोमालाल रंगशालामा सोमबार भएको खेलमा झापा ११ को जीतका लागि कप्तान कर्ण लिम्बूले खेलको ४१औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । निशान्त खड्काको क्रस पासमा हेडमार्फत गोल गर्दै लिम्बूले झापालाई अग्रता दिलाएका हुन् ।


बाहिरका ७ जनासहित हङकङ मैदानमा उत्रेको थियो । प्रतियोगिता अवधिभर झापाले गोल गर्ने थुप्रै अवसर गुमाएको थियो । खेलको ८औं मिनेटमा सञ्जोग राईको क्रस पासमा कर्ण लिम्बूले गरेको हेडर पोष्ट नजिकैबाट बाहिरियो । त्यसको एक मिनेटपछि झापाका लागि बिदेशी खेलाडी फ्रान्सिस ओनियमाको पासमा लिम्बूले गोल गर्न सकेनन् । उनको प्रहार बार नजिकैबाट बाहिरिँदा अग्रता लिने अवसर गुमेको थियो ।

११औं मिनेटमा योगेश गुरुङले खाली पोष्टमा गोल गर्न सकेनन् । २५औं मिनेटमा फेरि कर्ण लिम्बूले हङकङका गोलरक्षक अभिजित रोयसँग वान भर्सेस वानमा पनि गोल गर्न सकेनन् । उनको कडा प्रहार गोलरक्षक रोयले फर्काउँदा झापाली समर्थक निरास हुनुपरेको थियो । ८५औं मिनेटमा झापाका लागि विदेशी खेलाडी फ्रान्सिस ओनियमाको शक्तिशाली प्रहार झापाली गोलकिपर दिनेश थापामगरले पञ्च गरेर फर्काए ।


हङहङले पहिलो हाफअघि झापाविरुद्ध खासै दबाब बनाउन सकेको थिएन । विपक्षी पोष्टमा कुनै खतरा प्रहार बुन्न नसकेको हङकङले दोस्रो हाफमा दबाब बनाउन थालेको थियो । ५४आंै मिनेटमा हङकङका सानोजेको प्रहार पोष्टभन्दा केही माथिबाट बाहिरियो । ६४औं मिनेटमा मोहम्मद दुम्बियाले खाली पोष्टमा गोल गर्न सकेनन् । गोलकिपर दिनेश थापामगर बिट भइसकेको अवस्थामा उनले गरेको प्रहार फ्रेममा पर्न नसक्दा हङकङ निरास हुनुपरेको थियो ।  गोल्डकपको पहिलो दिन सहारा क्लव पोखरा संगको खेलमा ३५ औ मिनेटमा कप्तान कर्ण लिम्बु निकालिएका थियो । आज पुन लिम्बुकै कप्तानीका खेलिएको खेलमा उनैले लगाएको गोल जितको लागि निर्णायक बन्यो । 


खेलको इनज्युरी समयमा हङकङका दिपेश मोक्तानले गोलकिपर थापामगरसँग वान भर्सेस वानमा गोल गर्न सकेनन् । उनको प्रहार झापाका गोलकिपर थापामगरले समाएपछि बराबरी गर्ने अवसर हङकङले गुमाएको थियो । खेलको म्यान अफ दी म्याच विजेता टिम मग मग झापा ११ का निशान्त खड्का घोषित भए । उनले १५ हजार रुपैंयाँ पुरस्कार पाए । मंगलबारको खेल सशस्त्र प्रहरीको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने आयोजक समितिका सचिवालय संयोजक गजेन्द्र पौडेलले जानकारी दिए ।


जीतपछि पोष्ट म्याच कन्फरेन्समा झापाका प्रशिक्षक प्रवेश कटवालले ६ जना अफ्रिकन खेलाडी सहभागी टिमसँग खेल्नु पर्दा झापाका खेलाडीले दबाब महसुस गरेको बताए । उनले आगामी खेलमा अझ सुधारिएको प्रदर्शन दाबी गरे ।हङकङका म्यानेजर नविन राईले तालमेलको अभावमा स्कोर हुन नसकेको बताए । उनले फरक फरक स्थानबाट बोलाइएका खेलाडी भएका कारण खेलमा तालमेल हुन नसकेकोले गोल गर्ने अवसर सिर्जना हुन नसकेको सुनाए ।

फोटो : विनोद पाण्डे कमल/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 244

प्रतिक्रिया (०)