शान्तिनगर ।
स्वर्गीय निर्मल राई स्मृति मेचीनगर स्तरिय अन्तर माबि छात्र भलिवल प्रतियोगिताको उपाधि होलिवेल इङ्लिस स्कुल धुलाबारीले जितेको छ । सोमवार भएको फाइनल खेलमा आयोजक अरुणोदय आवासीय माबि काँकरभिट्टालाई २५÷२१, २५÷२०, २७÷२९ र २५÷१९ को सेटमा पराजित गर्दै होलीबेलले उपाधि जितेको हो ।
उपाधिसंगै होलिवेलले नगद १५ हजार रुपैयाँ, ट्रफि, प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको अरुणोदयले नगद १० हजार रुपैयाँमा चित्त बुझाएको छ ।
त्यस्तै प्रतियोगिताको उत्कृष्ट स्पाइकर, डिफेन्स, र लिफ्टर होलिवेलका क्रमश ः योगेन श्रेष्ठ, प्रभु प्रधान र अंशुहाङ् लिम्बुले जितेका छन् । त्यस्तै उत्कृष्ट सरभर आयोजक अरुणोदयका राहुल अधिकारी घोषित भए भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुदै आयोजक अरुणोदयका सञ्जित सरदारले नगद २ हजार रुपैयाँ तथा ट्रफि, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
विजेतालाई प्रमुख अतिथि मेचीनगर नगर प्रमुख बिमल आचार्य, बिशेष अतिथि मेचीनगर उपप्रमुख मिना पोख्रेल उप्रति, अतिथिहरु प्राज्ञ सभा सदस्य शुभद्रा भट्टराई, एग्रिकल्चर एलायन्सका केन्द्रिय अध्यक्ष दुर्गा सापकोटा लगायतले पुरस्कार बितरण गरेका थिए । यसैविच पत्रकार र अरुणोदय शिक्षक टिमविचको मैत्रीपूर्ण भलिबल खेलमा अरुणोदय शिक्षक टिम बिजयी भएको छ ।
पत्रकार टिमलाई १८÷२५, २५÷१७ र २५÷१९ को सेटमा शिक्षक टिम विजयी भएको हो । फागुन १८ गतेदेखि २० गते सम्म सञ्चालित प्रतियोगितामा मेचीनगरका १४ वटा निजी विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितालाई जिल्ला भलिबल संघको प्राबिधिक सहयोग रहेको खेल संयोजक राजकुमार बिश्वकर्माले जानकारी दिए ।