Aamsanchar

नक्सालबाडी आन्दोलन, झापा बिद्रोह र अर्को बसन्तेगर्जन

Author Image
मङ्गलवार, फागुन २१, २०७५

सुमनसिंह पौडेल,

रसियन कम्युनिस्ट पार्टीमा सन् १९५६ ख्रुस्चेवनेतृत्वमाआएपछी विश्वकम्युनिस्ट आन्दोलनमा बिभाजन आयो । चिनमा महान सर्वहारा सांस्कृतिक क्रान्ति चलिरहेको थियो।

माओत्सेतुङले ख्रुस्चेभलाई संसोधनवादी भनेर आलोचना गरे । जसलाइ विश्वकम्युनिस्ट आन्दोलनमा महाबिवादको नामले बुझिन्छ । उक्त बिवादको प्रभाव भारतीय कम्युनिस्ट पार्टीमा पनि देखियो। जसको कारण भारतीय कम्युनिस्ट पार्टीमा लाइन संघर्षचल्यो ।

ख्रुस्चेव लाइन हावी भएसंगै प्रकारान्तरमा १९६४ माभाकपा(मार्क्सवादी) गठनभयो । लगत्तै चि.क.पा. ले भारतमा कम्युनिस्टपार्टी नभएको घोषणा गर्यो । जसकारण भाकपा (मार्क्सवादी) भित्र तिब्र र्संघर्ष देखियो ।पश्चिम बंगालका क्रान्तिकारी नेता चारुमजुमदारले उक्त पार्टीभित्र विद्रोहगर्दै १९६७ देखि बंगालका विभिन्न प्रहरी चौकिहरुमा सशस्त्र आक्रमण गरे । चारुमजुमदारले सशस्त्र युद्धबाट सामन्ती सत्ताको अन्त्य गरेर जनवादी राज्य सत्तास्थापना गर्ने बिकल्प अगाडि सार्दै १९६९ मा भाकपा मालेको नाममा पार्टि लाइ पुनर्गठनगरे ।

यसलाइ चिनियाँ कम्युनिस्टपार्टिले भारतमा बसन्तको मेघगर्जन भएको प्रतिकृया दियो । तत्कालिन अवस्थामा भारतमा इन्दिरा गान्धिको सरकार थियो । सरकारले दमनलाइ तिब्र बनायो । हज्जारौ किसान, बिद्यार्थी , युवाहरुको सामुहिक हत्या गर्यो । नक्सलबाडी आन्दोलनकर्मीहरु लाइ तत्कालिन सरकारको नेतृत्व गरिरहेकी इन्दिरा गान्धिले देख्नेबित्तिकै मार्नु भनी आदेश गरे कि थिइन । दमनको प्रभाव तिब्र बन्यो सरकारले हज्जारौ जनताको कत्ले आमगर्यो ।

१९७२ मा चारुमजुमदार, बाबुलाल, आपालाल, गेड्डेलाल, निर्मला लगायतका नेताको हत्या गरियो । अन्य धेरै नेता कार्यकर्ताहरुको हत्या भयो । त्यसपछी उक्त विशाल आन्दोलन कमजोर पर्न पुग्यो । चारुका सहकर्मीहरुले पछिल्लो समय पनि बल प्रयोगलाइ कम्युनिस्टपार्टिले लागूगर्नु पर्ने बताइरहे । यतिबेला भाकपा माओवादी नक्सालबाडी आन्दोलनको मर्म र भावनालाइ पछ्याइ रहेको छ । सहि दृस्टिकोण अर्थात बन्दुकले टिकेको राज्यसत्ताको अन्त्य गर्न बन्दुक उठाउनै पर्ने सत्यको सार आज पनी बिश्वकम्युनिस्ट आन्दोलनमा जबर्जस्त छ । यो सत्य अहिले बिश्व पुंजिबादी संकटको अन्त्य गर्दै बैज्ञानिक समाजबाद स्थापना गर्न सक्ने दर्विलो अस्त्रको रुपमा स्थापित छ ।

जसलाइ बिश्वका उत्पिडित रास्ट्र र जनताहरुलेआत्मसात गरिरहेका छन । नेपालमा कम्युनिस्ट पार्टिको स्थापना बि.सं.२००६ सालमा भएको थियो । २०१० सालमा भएको पहिलो महाधिवेशनले पुस्पलाललाई हटाएर मनमोहनअधिकारीलाइ पार्टिको महामन्त्री चुन्यो । २०१२ सालमा मनमोहनद्वारा राजालाइ बिन्ति पत्र चढाउने काम भयो ।राजसंस्थाको चाकरी गर्ने सहमतिमा पार्टिलाइ खुल्ला गरियो। दोश्रो महाधिवेशनले केसरजंग रायमाझिलाइ महासचिब चयन गर्यो ।रायमाझिले २०१७ मा राजाको लाइनलाइ स्विकार गरेपछि पार्टिमा संघर्ष चर्कियो ।

२०१९ सालमा सम्पन्न तेस्रो महाधिवेशनले तुल्सिलाल आमात्यलाई महासचीव चयन गर्यो । आमात्य अल्पमतमा थिए । कम्युनिस्ट पार्टी विभिन्न उत्तर चढावहरु सहनगर्दै अगाडि बढिरहेको थियो । महाबिवादको प्रभाव नेपाली कम्युनिस्ट आन्दोलनमा पनि पर्न गयो । सोही समय झापाको सिमानामा पर्ने पश्चिमबंगाल र त्यांहा उठेकोबसन्तेगर्जनको प्रभाव झापामा पनि पर्यो । २०२७सालको अन्त्यमा झापा विद्रोहको तयारी भयो । नेपालको कम्युनिस्ट आन्दोलनमा पहिलो सशस्त्र संघर्ष थियो झापा बिद्रोह ।पंचायती सत्ताले झापाबिद्रोह माथी चर्को दमन गर्यो ।

सामन्ती राज्यसत्ताको अन्त्य गरि जनवादी ब्यवस्था स्थापना गर्ने ध्ययका साथ प्रारम्भ गरिएको झापा बिद्रोहको झिल्कोले तत्कालिन पंचायती सरकारलाइ हल्लाउन पुग्यो । झापा बिद्रोह मुख्यत झापाका किसानहरुलाइ संगठित गरेर सामन्त जमिन्दारहरु माथीफौजी हमला गरिएको थियो । झापा बिद्रोहमा झापाका धर्मप्रसादढकालको बिद्रोहीहरुले हत्यागरे । राज्य दमनले चर्को रुप लियो ।

सयौं क्रान्तिकारीहरु लाई गिरफ्तार गर्यो । दमन यहाँसम्म बढ्यो तत्कालिन भर्भराउंदा सचेत झापाली क्रान्तिकारी योद्धा वीरेनराजवंशी, नारायणश्रेष्ठ, रामनाथदाहाल, नेत्रघिमिरे र कृष्ण कुइँकेललाई आजकै दिन अर्थात २०२९ फागुन २१ गते इलाम जेल सार्ने बाहनामा इलामको सुखानिमा लगियो र आत्मासमर्पण गर्न लगाइयो तर उंहाहरुले इन्कार गरेपछी गोली हानी हत्या गरियो ।

त्यस पछी संयौ झापाली योद्धाहरुलाई गिरफ्तार गरिएको अवस्था र ५ जना योद्धाहरुको हत्याभएपछि झापा बिद्रोह कमजोर पर्नपुग्यो । २०१० सालमा मनमोहन अधिकारीले राजात्रिभुवनलाई राजसंस्था मान्छु भनेर दाम चढाएपछि कम्युनिस्ट पार्टिमा बिभाजन सुरु भयो । तत्कालिन झापा बिद्रोहको नेतृत्व गरेको तत्कालिन माले उक्त बिभाजनले निम्त्याएको एउटा सानो समूह थियो । पछि आएर यो बिद्रोही समूह संसोधनबादि बन्नपुग्यो ।

२०३५ सालमा यो समुहले माओ बिचार धारालाइ छोड्यो साथै झापा बिद्रोह गर्नु नै गल्ती थियो भनेर पश्चताप गर्ने अवस्था बन्यो । २०४६ सालपछि यो एमालेको नाममा खाट्टी संसदवादी भएर देखापर्यो । यो यतिबेला क्रान्तिको मुल प्रवाहाको बिरोधी भएर आएको छ । झापा बिद्रोहको नेतृत्व गरेका पात्रहरु र जनयुद्धको नेतृत्व गरेको पात्रहरुमा आएको बिचलनले दुवैलाइ एकै ठांउमा ल्याइपुर्याउने काम गरेको छ । यिनिहरुले दलाल पुंजिवादको सेवा गरिरहेका छन ।

संग संगै क्रान्तिकारीहरु माथी निर्मम दमन गर्नअगाडि आएका छन । अधिकारबाट बिमुख बनाइएका उपेक्षित जनताहरुको जिवनलाई अधिकार सम्पन्न र मुक्त गराउने उदेश्य राखेर नेपाली जनताहरुले संघर्ष गरे । २०२८ सालमा झापा बिद्रोह भयो, त्यस्तै २०५२ सालबाट महान जनयुद्धको सुरुवात गरियो । यो जनयुद्ध कसैको लहड र चाहाना भन्दापनि नेपालीजनताहरुको बिचमा अलपत्र परेको मुक्तिको सपनाको केन्द्रीकरण थियो । झापा बिद्रोह र जनयुद्धको आआफ्नै स्थानमा उत्तिकै सान्धर्भिकता छ । यी दुवै जनताहरुको मुक्त जिवनको सपनाको निरन्तरता थियो ।

आज दुवै आन्दोलन लाई मुख्य नेतृत्व प्रदान गर्ने पात्रहरु तत्कालिन सामन्ती ब्यवस्थाको नया संस्करण दलाल पुंजिवादको सेवकको रुपमा आंफुलाइ उभ्याउंदै दलालहरुका असली कारीन्दा बनेका छन। जनताहरुको रगत संग जोडिएका मुक्तिका तमाम सपनाहरु जिवितछन । जुन सपना २०५२ फागुन १४ गते हत्या गरिएका दिलबहादुर रम्तेलदेखि २०२९ फागुन २१ गते हत्या गरिएका झापाका ५ योद्धा मात्र होइनन मुक्त जिवनको सपना देखेर आफ्नो अमुल्य जीवन उत्सर्गगर्ने हज्जारौं योद्धाहरुको रगतसंग जोडिएको सपनाहरु हुन । ती सपनाहरुको रक्तभुमिबाट रातोझण्डा ढल्नपाएन । आज त्यो झण्डा नेपाल कम्युनिस्ट पार्टिले उठाएको छ ।

आज एकीकृत जनक्रान्ती अगाडि आएकोछ । विश्व पुंजिवादको संकट र असफलता र नेपालको संसदिय ब्यवस्थाले जनतामाथि लादेको संकट र असफलताको बिचबाट बैज्ञानिक समाजबादी सत्ता अनिवार्य बनेर बिकल्पको रुपमा अगाडि आएको छ । फेरि बलिदानिको कसम खाएर उठेकोछ अर्को बसन्तेगर्जन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 284

प्रतिक्रिया (०)