Aamsanchar

हरियाली सामुदायिक वनद्वारा वैज्ञानिक वन व्यवस्थापन सुरु

Author Image
मङ्गलवार, फागुन २१, २०७५

बिर्तामोड।

झापाको बिर्तामोड नगरपालिका – ६ मा रहेको हरियाली सामुदायिक वनले वैज्ञानिक वन व्यवस्थापन सुरु गरेको छ ।

सामुदायिक वन भित्र रहेका माऊ रुख राखेर चक्रिय प्रणाली अन्तरगत पुराना, ढलापढाका रुख हटाउँदै नयाँ विरुवा रोपेर सामुदायिक वनलाई अझ हरावरा बनाउन वन व्यवस्थापन शुरु गरिएको सामुदायिक वनका उपाध्यक्ष जगन्नाथ खनालले जानकारी दिनुभयो । खनालका अनुसार आजबाट वैज्ञानिक वन व्यवस्थापनको काम शुरु भएको छ ।

सो अवसरमा डिभिजनल वन कार्यालय झापाका डिभिजनल वन अधिकृत विष्णुलाल घिमिरेले वैज्ञानिक वन व्यवस्थापनले पुग्ने फाइदाका विषयमा जानकारी गराउनुभएको थियो । ८० वर्षे गुरु गोजना सहित थालिएको वैज्ञानिक वन व्यवस्थापनले वनलाई व्यवस्थित गरी उपभोक्तालाई अधिकभन्दा अधिक फाइदा पुग्ने र वनजंगल हराभरा बनाउन सकिने बताइएको छ ।

वन्यजन्तुको आवातजावतमा समेत सहज हुने र वनभित्र सालका राम्रा रुख हुर्कन मद्दत मिल्ने भन्दै डिभिजनल वन अधिकृत घिमिरेले भन्नुभयो–‘ जसका लागि वन भित्रै प्लट बवाइन्छ र प्लटभित्रका माउ रूख जोगाउने र त्यसबाट झरेको बीउलाई प्राकृतिक रूपमा उमारेर नयाँ रूखहरू उत्पादन गरिन्छ ।’

सालको विरुवा उत्पादन गर्न नसकिने बताउँदै उहाँले भन्नुभयो – सालको विरुवा मानिसले उमार्न सकिदैन यो प्रजातिको रुखबो विरुवा आफैं उम्रन्छ जसका लागि विरुवा उम्रने वातावरण हामीले तयार गरिदिने हो , जसका लागि वैज्ञानिक वन ब्यवस्थापनले सहयोग पुग्छ ।’

सालको फूल झारेको सात दिन भित्रमा उपयुक्त वातारण पाए नयाँ विरुवा उत्पादन हुन्छ उहाँले भन्नुभयो – ‘त्यसका लागि हामीले वैज्ञानिक वन व्यवस्थापनको अवधारणा अनुसार काम अघि वढाउँन समूहलाई भनेका छौं ।’

सहायक वन अधिकृत राजन राईले झापाका चार वटा सामुदायिक वनले वैज्ञानिक वन व्यवस्थापन शरु गरेको बताउनुभयो । यस अघि चन्द्रगढी कालिका र हातेमालो सामुदायिक वनले वैज्ञानिक वन व्यवस्थापन अभियान शुरु गरेका छन् । झापाम रहेका ५९ सामुदायिक बन मध्ये पहिलो चराणमा चारवटा वनले वैज्ञानिक वन व्यवस्थापन शुरु गरेको उहाँको भनाई छ । झापामा १५ हजार ७ सय ९७ हेक्टर क्षेत्रफलमा सामुदायिक वन रहेको छ ।

हरियाली सामुदायिक वनले शुरु गरेको वैज्ञानिक वन व्यवस्थापन अन्तरगत पहिलो १० वर्षमा १८ हेक्टर क्षेत्रफलमा मात्रै यो कार्यक्रम लागू गरिने सामुदायिक वनका अध्यक्ष जगतकुमार राईले बताउनुभयो । उहाँका अनुसार ३ ढलापढा १० कुकाठ सहित ७१ वटा रुख सामुदायिक वनबाट निकालिँदैछ । १ सय ४९ हेक्टर क्षेत्रफलमा फैलिएको सो सामुदायिक वन क्षेत्रभित्र सातसय उपभोक्ता प्रत्यक्ष लाभान्वित रहेको समूहकी सचिव कृष्णमाया चौधरीले बताउनुभयो ।

हरियाली सामुदायिक वनले यस अघि उपभोक्ताका लागि प्रत्येक वर्ष २२ यस क्युवीफूट काठ वितरण गर्दै आएको थियो भने वैज्ञानिक वन व्यवस्थापन शुरु भएपछि ४५ सय देखि ५ हजार क्वीफूट निकाल्न सक्ने समितिका उपाध्यक्ष खनालले बताउनुभयो ।

वैज्ञानिक वन व्यवस्थापनका क्रममा ढलेलो नियन्त्रणका लागि वन समूह भित्रै उपभोक्ता परिचालन गरेर पट्टी वनाइने बताइन्छ ।

पुराना रुखले कम कार्वन सञ्चित गर्ने र नयाँ विरुवाले वढी कार्वन सञ्चित गर्ने भएकाले वातावरणीय सुन्तुलनका लागि पनि वैज्ञानिक वन व्यवस्थापन अति आवश्यक रहेको मेची शव डिभिजनल कार्यालय धुलावारीका वन रक्षक नरेन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो ।

Views: 305

प्रतिक्रिया (०)

सम्बन्धित खबर