Aamsanchar

आर्मी सेमिफाइनलमा, भोली विभागीय टोली नेपाल प्रहरी र थ्री स्टार क्लबबीच खेल हुने

Author Image
मङ्गलवार, फागुन २१, २०७५


बिर्तामोड, झापा । विभागीय टोली त्रिभुवन आर्मी क्लब जारी चौथो झापा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३—० गोलअन्तरले पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो ।

म्यान अफ दी म्याच आर्मीका सन्तोष तामाङलाई चेक हरुतान्तरण गर्दै प्रमुख अतिथि एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख मञ्जु दाहाल प्रसाई ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार सम्पन्न प्रतिस्पर्धात्मक दोस्रो क्वाटरफाइनल खेलमा आर्मीले पहिलो हाफमा नै अग्रता लिएको थियो । पहिलो हाफको ४३ औँ मिनेटमा आर्मीका टंक बस्नेतले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको अन्त्यतिर आर्मीले २ गोल गर्न सफल भयो । खेलको ८२औँ मिनेटमा सन्तोष तामाङले गोल गर्दै अग्रता दोब्बर बनाए । आर्मीका फरवार्ड नवयुग श्रेष्ठले त्यसको एक मिनेट बित्न नपाउँदै तेस्रो गोल गरी टिमको जीत सुनिश्चित गरेका थिए ।


पहिलो हाफमा टेकबहादुर बुढाथोकीले प्रहार गरेको बल दोस्रो पोस्टबाट फर्किएपछि टंक बस्नेतले गोल गरेका थिए । त्यस्तै, सन्तोष तामाङको गोल सिधै फ्रिकिकबाट भएको थियो भने नवयुगले चाहिँ गोलकिपर विकेश कुथूले रिलिज गरेको बलबाट गोल गरेका थिए ।
खेलमा म्यान अफ दी म्याच आर्मीका सन्तोष तामाङ घोषित भए । उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरे । बुधबार विभागीय टोली नेपाल प्रहरी र थ्री स्टार क्लबबीच खेल हुने आयोजकले जनाएको छ ।


यसअघि झापा ११ ले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ भने एपीएफ, मोरङ ११ र हङकङ नेप्लिज एकाडेमीले पराजय व्यहोर्दै घर फर्किसकेको छ । गोल्डकपको विजेताले नगद १२ लाख ५५ हजार पाउनेछ ।

विभागीय टोली त्रिभुवन आर्मी क्लबका खेलाडी ।

विभागीय टोली सशस्त्र प्रहरीे एपिएफ क्लबका खेलाडी ।

फोटो : विनोद पाण्डे/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर
छठ पूजाको इतिहास र उत्पत्ति
आइतवार, कार्तिक १८, २०८१
कहाँ कहाँ मनाइन्छ भाइ टीका ?
आइतवार, कार्तिक १८, २०८१
भाइटिकाका विषयमा जनउक्ति
आइतवार, कार्तिक १८, २०८१