Aamsanchar

रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय

Author Image
बुधवार, फागुन २२, २०७५

टिकापुर

 कैलाली घटनाका मुख्य अभियुक्त रेशम चौधरीसहित ११ जनालाई कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ।

बुधबार फैसला सार्वजनिक गर्दै जिल्ला अदालत कैलालीले चौधरीसहितका ११ जनालाई जन्मकैदको फैसला सुनाएको हो। न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासले यस्तो फैसला सुनाएको हो। घटनाको झन्डै ४२ महिनापछि अदालतको फैसला सार्वजनिक भएको हो।

थरुहट नेता लक्ष्मण थारु र थारु कल्याणकारी सभाका जिल्ला अध्यक्ष लाहुरम चौधरीले भने सफाइ पाएका छन्। २०७२ भदौ ७ मा कैलालीमा भएको प्रदर्शनका क्रममा ८ प्रहरीसहित एक नाबलकको मृत्यु भएको थियो। उक्त घटनाको मुख्य अभियुक्त रेशम चौधरीलाई बनाइएको थियो। थाहा खबरबाट

Views: 215

प्रतिक्रिया (०)