Aamsanchar

नेकपाले आज भरतमोहन र रवीन्द्र अधिकारीको संयुक्त श्रद्धाञ्जली सभा गर्ने, ओली र प्रचण्डले सम्बोधन गर्दै

Author Image
बिहिवार, फागुन २३, २०७५

काठमाडौँ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले आफ्ना दिवंगत दुईजना नेताको सम्झनामा बिहीबार काठमाडौमा संयुक्त श्रद्धान्जली सभा गर्दैछ ।

अघिल्लो साता निधन भएका नेकपाका नेताद्वय पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारी र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको सम्झनामा श्रद्धान्जली सभा गर्न लागेको नेकपाले जनाएको छ ।

भृकुटीमण्डपमा दिउँसो १ बजे सुरू हुने श्रद्धान्जलीसभामा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने नेकपाले जनाएको छ ।

पूर्व उपप्रधानमन्त्री एवम् अर्थमन्त्री भरतमोहन अधिकारीको यही फागुन १८ गते शनिबार राति ८३ वर्षको उमेरमा उपचारका क्रममा ह्याम्स अस्पतालमा निधन भएको थियो भने पर्यटनमन्त्री रवीन्द्र अधिकारीको यही फागुन १५ गते बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परेर निधन भएको थियो ।

Views: 216

प्रतिक्रिया (०)

सम्बन्धित खबर