Aamsanchar

पूर्व फुटबलर अस्मिता र गम्भीरलाई सम्मान गरिने

Author Image
शनिवार, फागुन २५, २०७५

झापा ।

मग मगझापागोल्डकप आयोजक समितिले चौथो संस्करणमा पनिपूर्व राष्ट्रिय फुटबलरलाई विशेष सम्मानगर्ने भएको छ ।

आयोजक समितिकाअध्यक्ष महेन्द्रकुमार गिरीकाअनुसार यसवर्ष अन्तर्रा्ष्ट्रिय पूर्व फुटबल खेलाडी भद्रपुरकागम्भीर राई र महिला फुटबल टिमकी पूर्व राष्ट्रिय गोलरक्षक धुलाबारीकीअस्मिताखवासलाई सम्मानगर्न लागिएको हो ।२०४२ सालदेखि विद्यालयस्तरीय फुटबल प्रतियोगिताबाट यस क्षेत्रमालागेका राईले नेपालको विभिन्न ए डिभिजन क्लबमा आवद्ध रही धेरै प्रतियोगिता खेलेकाथिए ।

उनले २०५२ सालमा न्यूरोड टिम (एनआरटी)मा आवद्ध भएपछि मालदिभ्समाअन्तर्रा्ष्ट्रिय प्रतियोगिता खेलेकाथिए ।त्यस्तै, २०५३ सालमा यु १९ को उमेर समूहबाट थाइल्याण्डमा भएको प्रतियोगितामा सहभागिताजनाएर अन्तर्रा्ष्ट्रिय तीनगोल गरेकाथिए ।

तीन साताअघि भारतको उडिसामा सम्पन्न हिरो कपमा नेपालीमहिला फुटबल टिमको व्यवस्थापकको जिम्मेवारी सम्हालेका राई मुनालक्लबकाप्रशिक्षकसमेत हुन् ।अर्की सम्मानित खेलाडी अस्मिताखवासले पनि १३ वर्षको उमेरमै राष्ट्रिय टोलीको सदस्यबनेकीथिइन् । सन् २००२ मा राष्ट्रिय टिममा डेब्यू गरेकीखवास अहिले यु १९ महिला फुटबल टिमकी प्रशिक्षकहुन् ।

सन् २००२ मानर्वेमाभएको नर्वे कप, २००४ माचीनमाभएको एसियन गेम, २०१० माबंगलादेशमाभएको सागसहितविभिन्नप्रतियोगितामाउनले सहभागिताजनाइन् भने सन् २०१२ मागोलरक्षकको भूमिकानिर्वाह गरेकीथिइन् ।त्यसबेला एउटा दुर्घटनामा परेपछि उनले फुटबल खेल्न छाडिन् तर फुटबललाई छाडिनन् । अहिले उनीप्रशिक्षककै भूमिकामा छन् ।

अस्मिताले महिला फुटबल खेलाडी उत्पादनगर्ने उद्देश्यले २०७० सालदेखि आप्mनै ठाउँमा सन साइनमहिला फुटबल क्लब स्थापना गरेर फुटबलको विकासमा अघि बढिरहेकी छन् ।आयोजकले प्रत्येक वर्ष पूर्व फुटबल खेलाडीलाई नगदसहित सम्मानगर्दै आएको छ ।

गतवर्ष पूर्व राष्ट्रिय खेलाडी सैनिकका रामदर्शन गुरुङ र सुरुङ्गाका सन्त रायामाझीलाई नगद २५ हजारसहित सम्मान गरेको थियो ।पहिलो गोल्डकपमा अर्जुनधाराकादिपेन्द्र ढकाललाई सम्मानगरिएको थियो । उनीपूर्व अन्तर्रा्ष्ट्रिय खेलाडी हुन् ।यसवर्ष सम्मानितहुने व्यक्तित्वलाई पनिनगद २५ हजारसहितचौथो गोल्डकपको फाइनलमाविशेष सम्मानप्रदानगरिने अध्यक्षगिरीले जानकारी दिए ।

फुटबल खेलमा झापाबाट प्रतिनिधित्वगर्ने पूर्व खेलाडीलाई बर्से्नि सम्मानगर्दै लैजाने आयोजकको भनाइ छ ।आयोजकले यसैवर्ष क्यान्सरपीडित झापाजिल्ला फुटबल संघका पूर्व सचिवतिलक गुरुङलाई नगद २५ हजार उपचारार्थ सहयोग प्रदान गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 198

प्रतिक्रिया (०)