Aamsanchar

युएईमा “ऐतिहासिक पहिलो डम्फु साँझ – २०१९” हुँदै

Author Image
आइतवार, फागुन २६, २०७५

सुर्य खवास / युएई,


“हाम्रो डम्फू हाम्रै शान, यसैमा छ तामाङ पहिचान” भन्ने मुल नाराका साथ तामाङ जातिको सांस्कृतिक चिनारी डम्फूको नामबाट `ऐतिहासिक पहिलो डम्फू साँझ – २०१९´ बृहत सांस्कृतिक कार्यक्रम युएइको देरादुबईस्थित कार्लटन टावर होटलमा आगामी १९ अप्रीलका दिन हुन लागेको छ ।

तामाङ समुदायको सांस्कृतिक पहिचानको रुपमा चिनिने डम्फू लोप हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै डम्फूको प्रचारप्रसार र सांस्कृतिक जगेर्ना गर्दै समुदायलाई एकतावद्ध गर्ने उदेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको कार्यक्रम संयोजक सुरेन्द्र थिङ तामाङले जानकारी दिएका छन ।

कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित सेलो गायिकाहरु इन्दिरा गोले, जीतु लोप्चन गायकहरु विश्व दोङ, फूलकुमार बम्जन, म्हेन्दोमाया गायक सुमन घले, तामाङ चलचित्रको वरिष्ठ नायक तथा निर्माता अमिर दोङ तामाङ, नायिका सुनिता लुङ्बा, सुश्मा मोक्तान र कार्यक्रम उद्घोषिका स्मारिका थिङ तामाङ को बेजोड प्रस्तुती हेर्न सकिने छ ।

दिनको ठिक १ बजेबाट सुरुहुने उक्त कार्यक्रमको प्रचार प्रसारका शिलशिलामा आयोजक टिम युएइका विभिन्न शहरहरुमा पुगेर त्यहाँ क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिहरु सँग प्रत्यक्ष भेटघाट गरि कार्यक्रममा उपस्थितिका लागि आह्वन गर्दै कार्यक्रमको प्रचारप्रसारलाई तिब्रता दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 254

प्रतिक्रिया (०)

सम्बन्धित खबर