काठमाण्डौं ।

राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त राष्ट्रसंघले अमेरिकामा आयोजना गर्ने उच्चपदस्थ महिलाहरुको भेलामा सहभागी हुन (आज) आइतबार न्युयोर्क जाँदै हुनुहुन्छ ।

राष्ट्रपति भण्डारी सहित महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रि थममाया थापा, संसदको महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पाल सहितको टोली साँझ साडे ७ बजे न्युयोर्क उड्नेछ ।

विश्व परिवर्तनमा महिला नेतृत्वको भूमिका विषयमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने परराष्ट्रमन्त्रालयले जनाएको छ । पर्सि मंगलबार सुरु हुने सम्मेलन अघि राष्ट्रपति भण्डारी नेतृत्वको नेपाली प्रतिनिधिमण्डल, सरकार तथा राष्ट्रप्रमुखको सम्मानमा संयुक्त राष्ट्रसंघले आयोजना गर्ने रात्रीभोजमा सहभागी हुनुहुुनेछ ।

अमेरिका भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेज र राष्ट्रसंघ महासभा सभापति मारिया फर्नान्डासँग साईड लाईन वार्ता गर्नुहुनेछ । राष्ट्रपति भण्डारीले न्युर्योक बसाईका क्रममा एस्टोनियाका समकक्षी क्रेष्टि कालजुलेड र क्रोयसिया समकक्ष्ँी कोलिन्दा ग्राबर कितारोभिकसँग पनि भेट गर्ने कार्यतालिका तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
आयरल्याण्डका पूर्व प्रधानमन्त्री मेरी रोबिन्सनले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्नुहुनेछ । राष्ट्रपति भण्डारी सहितको नेपाली प्रतिनिधिमण्डल बिहिबार काठमाडौं फकर्ने छ ।

