Aamsanchar

नुमा बचाउ अभियान स्थगित

Author Image
आइतवार, फागुन २६, २०७५

शान्तिनगर ।

दुबै मृगौला खराव भई जीवन र मृत्युको दोसाँधमा रहेकी नुमा लिम्बूको सहयोगार्थ चलाइएको ‘नुमा लिम्बू बचाउ अभियान’ स्थगित गरिएको छ । परिवारको आग्रहमा सो अभियान स्थगित गरिएको अभियानका संयोजक भूपेन्द्र थेवेले जानकारी दिए । एक्कासी अभियान किन स्थगित गरियो भन्ने विषयमा नुमाका बुबा इन्द्रध्वजले भने–छोरीको उपचारमा ठूलो रकम लाग्ने भनिएपनि कति खर्च हुने भन्ने एकिन छैन् ।

थोरै रकममा छोरीको उपचार हुने बुझेपछि एक पटक त्यहि उपचार पद्धतिमा जाने भएकाले अभियान स्थगित गरिएको हो । धेरैलाई किन दुख दिनु केही दिन हेरौं, त्यसपछि छोरीको स्वास्थ्यमा सुधार नआए पुन अभियान सञ्चालन गर्ने गरि स्थगित गरिएको उनले बताए ।

झापा बुद्धशान्ति गाउँपालिका–४ जुनेलीबस्ती निवासी इन्द्रध्यव र विष्णु लिम्बूको १५ बर्षीया छोरी नुमा लिम्बू दुवै मृगौला खराव भई जीवन र मृत्युको दोसाँधमा छिन् । आर्थिक अभावका कारण उनको मृगौला प्रत्यारोपण गर्न नसकेको परिवारलाई आर्थिक सङ्कलन गरि सहयोग पु¥याउन स्थानीय युवा सामाजिक ब्यक्ति थेवेको संयोजकत्वमा २९ सदस्यीय नुमा बचाउ अभियान गठन गरिएको थियो ।

गत माघमा गठन गरिएको उक्त समितिले छोटो समयमै राम्रो आर्थिक सङ्कलन गरेको थियो । देश भित्र र बाहिरका सहयोगी दाताहरुलाई नुमा बचाउन गरिएको आग्रहलाई स्वकादैं आर्थिक सहायता गरेका थिए । छोटो समयमा देश र देश बाहिरका सहयोगी दाताहरुले प्रदान गरेको ७ लाख ९३ हजार २ सय ९८ रुपैयाँ रकम परिवारलाई हस्तान्तरण गरिएको छ । रकम हस्तान्तरणसंगै अभियान स्थगित गरिएको घोषणा समेत गरिएको थियो । उक्त सङ्कलित रकम अभियानका सदस्य, स्थानीय युवा सामाजिक ब्यक्तित्व, पत्रकार र स्थानीयको रोहवरमा परिवारलाई प्रदान गरिएको हो ।

हालसम्म नुमाको उपचारमा ७ लाख रुपैयाँ बढी खर्च भइसकेको पारिवारिक स्रोतले जनाएको छ । सानै उमेरमा मृगौला खराव भएपछि नुमाको जीवन बचाइदिन परिवारले सवैमा अपिल गरेको थियो । सोही अनुरुप देशविदेशबाट सहयोग जुटेको हो । अभियानले बुद्धशान्ति गाउँपालिका भित्र घरदैलो कार्यक्रममार्फत र निजी र सामुदायिक विद्यालयले पनि नुमाको उपचारमा आर्थिक सहयोग गरेको थियो ।

मुनामदन एकाडेमी अङ्ग्रेजी माविमा कक्षा–९ मा पढ्दै गरेकी नुमा विद्यालय समेत जान सकेकी छैन् । उनले आफूलाई बचाईदिन आग्रह गरेकी थिईन् । पढेर ठूलो मान्छे बन्नु छ, यदि म बाँचे भने म जस्तै अन्य मृगौला पीडितलाई सहयोग गर्न चाहेको उनले बताएकी थिइन् । सामान्य परिवारकी नुमाको उपचार नेपालसंगै भारतसमेत गरिने उनका बुबा इन्द्रध्यजले जानकारी दिए । उनलाई डाइलासिससंगै भारत नयाँदिल्लीमा लगि आयुर्वेदिक पद्धतिबाट उपचार गरिने पारिवारीक स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 382

प्रतिक्रिया (०)

सम्बन्धित खबर