Aamsanchar

राप्रपाको स्वाभिमान यात्रा आज काठमाडौं आइपुग्ने

Author Image
बुधवार, फागुन २९, २०७५

काठमाडौं,

राप्रपाले गत फागुन १५ गते ताप्लेजुङमा सुरु गरेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा काठमाडौं आइपुग्दै छ ।

  हिन्दुराष्ट्रको पुनः स्थापना, राजासहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयता बारे राष्ट्रिय जनमतसंग्रह, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य लगायतका माग राखी गत फागुन ७ गते नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको राप्रपाले आफ्ना मागबारे जनतालाई जानकारी दिन र जनमत सिर्जना गर्न मेची महाकाली यात्रा गरेको हो।

०४७ पछिका उच्चपदस्थ राजनीतिक र प्रशासनिक व्यक्तिको सम्पत्ति छानविन, विद्यमान आरक्षणको व्यवस्थामा परिवर्तन गरी आर्थिक रूपमा विपन्नलाई आरक्षण दिइनुपर्नेलगायत माग पनि राप्रपाले राखेको छ।

राप्रपाले २८१० किमि यात्रा १५ दिनमा तय गरेको छ, यो क्रममा साना ठूला गरी १५० वटा सभा भएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए।

 आज काठमाडौं आइपुग्ने स्वाभिमान यात्राले ललितपुरका विभित्र स्थानमा कोणसभा गर्नेछ।

स्वाभिमान यात्रा चैत १ गते भक्तपुरबाट काठमाडौं आई शहरका विभिन्न भाग परिक्रमा गरी डिल्लीबजारबाट सुरु हुने कलशयात्रासहित भृकुटीमण्डपमा जनसभा गर्दै समापन हुने प्रचार विभाग प्रमुख श्रेष्ठले जानकारी दिए।

Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर