काठमाण्डौ,

नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमाथि सरकारले लगाएको प्रतिबन्धले परिणाम नराम्रो दिने बताउनुभएको छ ।

विश्व इतिहासमा पनि यस्ता घटनाले परिणाम नराम्रो दिएको भन्दै संयोजक भट्टराईले प्रतिबन्ध लगाउने सरकारको निर्णय उचित नभएको प्रतिक्रिया दिनुभएको हो ।

सामाजिक सञ्जाल ट्वीटरमा डा.भट्टराईले ‘नेकपा डबल’को सरकारले नेकपा चन्द समूहलाई आपराधिक भन्दै प्रतिबन्ध लगाएको घटनालाई माक्र्सले भनेझैं मजाक भन्ने कि वियोग भन्दै प्रश्न पनि गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ – यसले ठिक सय वर्ष पहिले सन् १९१९ मा जर्मनीको दक्षिणपन्थी ‘एसपीडी’ ले रोजा नेतृत्वको वामपन्थी ‘केपीडी’ लाई र सन् १९६७ पछि बंगलामा ‘सीपीएम’ ले ‘सीपीआई–एमएल’ लाई दबाएको सम्झना गरायो है । परिमणाम के भो ?
Views: 110

