काठमाण्डौं ।

संयुक्त राष्ट्रसंघको शक्तिमा रहेका महिला भेलाका लागि न्यूर्योक जानुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्कदै हुनुहुन्छ ।

कतारबाट कनेक्टिङ फ्लाईट मार्फत राष्ट्रपति सहितको नेपाली टोली दिउँसो साढे तीन बजे काठमाडौं आईपुग्नेछ । न्युर्योक भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले शक्तिमा रहेका महिला भेलामा सम्बोधन गर्नुभयो ।

राष्ट्रपति भण्डारीले विश्वमा महिलाको अवस्था प्राकृतिक नभएकाले त्यसलाई परिवर्तन गर्न सम्भव रहेको बताउनुभएको थियो । महिलाको अवस्था परिषदको सम्मेलनका क्रममा आयोजित शक्तिमा महिला विषयमा भेलामा राष्ट्रपति सहभागी हुनुभएको हो ।

परिषद्को मन्त्रिस्तरीय बैठकमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रि थममाया थापाले सहभागी हुनुभएको थियो । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेज, राष्ट्रसंघ महासभा सभापति मारिया फर्नान्डा तथा एष्टोनिया र क्रोयसियाका समकक्षीसँग पनि भेट गर्नुभएको थियो ।

