Aamsanchar

१७ महिना सफल बनाएर राजेश लागे इटहरी

Author Image
शुक्रवार, चैत १, २०७५

नरेन्द्र ढकाल/ बिर्तामोड ।

जिल्ला ट्राफिक कार्यालय झापाको नेतृत्व सम्हाल्न आएका प्रहरी निरीक्षक राजेश राईले ट्राफिक ब्यवस्थापनको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

वि.सं. २०७४ साल काक्तिक २४ गतेबाट झापाको जिम्मेवारी सम्हालेका ट्राफिक प्रहरी निरीक्षक राईले १७ महिनाको अवधिमा ट्राफिक ब्यवस्थापनमा उल्लेखनिय काम गर्न सफल भएका हुन ।

उनकै नेतृत्वमा जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई भवन निर्माणका लागि जग्गा उपलब्ध गराउनुका साथै १३ कोठाको तीन तले भवन निर्माणका लागि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई झापामा ल्याएर भवनको शिलान्यास गराउन सफल भएका छन् ।


फागुन ३० गते बिहिबार इटहरी प्रस्थान गर्नु अघि ट्राफिक प्रहरी निरीक्षक राईले आफु झापामा बस्दा सबैको साथ र समथ्र्न पाएको भन्दै सबैलाई धन्यवाद दिएका छन् । पत्रकारहरुसंग विशेष भेट गरेका राईले आफ्नो नेतृत्वमा गौरादहको ट्राफिक प्रहरीका लागि भवन निर्माणको काम अन्तिम चरणमा पुग्नुका साथै दुर्घटना न्यूनिकरण महाअभियान झापाबाट सुरु हुनु, मुख्य शहरहरुमा टेलिभिजन जडान गर्नु, सडकको अवस्था हेरेर होर्डिङ बोर्डहरु राख्नु, राजश्व संकलनमा उल्लेख्य वृद्धिका साथै सवारी दुर्घटना र मानिसको मृत्युको संख्या विगतका वर्षहरुभन्दा घट्नु, नियमित चेक जाँचलाई विभिन्न स्थानमा नियमित रुपमा परिस्थिती हेरेर बिहान, दिउँसो र बेलुका जुनसुकै अवस्थामा पनि सञ्चालन गर्नुलाई उपलब्धिको रुपमा दिएको जानकारी दिए ।

ट्राफिक प्रहरी निरीक्षक राईले चोरी नियन्त्रण तर्फ ४ वटा मोटरसाइकल पक्राउ गरेर भन्सार बुझाउनुका साथै एक थान मोटरसाइकल सम्बन्धित धनीलाई बुझाउन सफल भएको बताए । उनले झापामा रहदाँ विभिन्न सामाजिक संघसंस्था, उद्योगी, ब्यवसायी, राजनीतिक दल, विद्यार्थी संगठन, पत्रकार सबैको साथ पाएको भन्दै खुशी ब्यक्त गरे । उनले आफ्नो एक्लो प्रयासले मात्र केही नगरेको भन्दै सम्पूर्ण कार्यहरुलाई सफल बनाउन सम्पूर्ण ट्राफिक प्रहरीको समान योग्दान रहेको उल्लेख गरे ।

उनले राजधानीबाट झापा आएको समयमा तत्कालिन अवस्थामा आन्दोलनका कारण जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन तोडफोड भएको भन्दै त्यसलाई मर्मत गर्दै रङरोगन गर्नुका साथै ट्राफिक ब्यवस्थापनका लागि नयाँ सवारी पनि उपलब्ध गराउन सफल भएको बताए ।

उनले सहारा नेपाल तथा सडक दुर्घटना न्यूनिकरण महाअभियानले सवारीसाधन, ब्रेथलाइजर, ह्ल्वीलक, राडारगन लगायतका सामानहरु उपलब्ध गराएर महत्पूर्ण सहयोग गरेको भन्दै सहयोगी दाताहरुलाई धन्यवाद दिएका छन् ।

राईले नेतृत्व सम्हालेपछि ट्राफिकको विषयमा एकदिनपनि विवादमा नपरी आफ्नो झापाको १७ महिने कार्याकाल सफल बनाएर इटहरी सरुवा भएका छन् । उनी १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरी सरुवा भएर गएका हुन ।

Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर