Aamsanchar

सरकारले विकासमा पक्षपात ग¥यो : वरिष्ठ नेता पौडेल

Author Image
बिहिवार, चैत ७, २०७५

दमौली, 

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले विकासका काममा पक्षपात गरेको आरोप लगाउनुभएको छ ।

तनहुँको रिसिङ गाउँपालिका–४ स्थित डाक्रेखोलामा रु साढे दुई करोडको लागतमा निर्माण हुनलागेको मोटर सञ्चालन हुने सोे पुल बुधबार शिलान्यास गर्दै वरिष्ठ नेता पौडेलले काङ्ग्रेसले शुरु गरेको योजनामा बजेट कटौती गरेर सरकारले पक्षपात गरेको बताउनुभएको हो ।

वरिष्ठ नेता पौडेलले कम्युनिष्टको दुईतिहाइको सरकार भए पनि विकासका केही काम शुरु नभएको र तनहुँका थुप्रै योजना अहिले अलपत्र अवस्थामा रहेको गुनासो पनि गर्नुभयो ।

Views: 177

प्रतिक्रिया (०)

सम्बन्धित खबर