Aamsanchar

माइक्रोको ठक्करबाट बालकको मृत्यु

Author Image
आइतवार, चैत १०, २०७५

उर्लाबारी,

मोरङको सुन्दरहरँैचा नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान माइक्रोबसको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा५ख ३५४ नंको हायस माइक्रोबस आफैँ अनियन्त्रित भई सडक किनारको पिपलको रुखमा ठोक्किँदा पैदलयात्री सुनसरी, धरान उपमहानगरपालिका बस्ने १३ वर्षीय सबिन मक्रान्तीलाई ठक्कर दिएको थियो ।

माइक्रोबसको ठक्करबाट मक्रान्तीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामकुमार राईले जानकारी दिनुभयो ।

दुर्घटनामा माइक्रोबसका सहचालक मोरङ, उर्लाबारी नगरपालिका बस्ने २२ वर्षीय सचिन परियार गम्भीर घाइते भएकाले उहाँको विराट नर्सिङहोम विराटनगरमा उपचार भइरहेको छ ।

चालक पथरी शनिश्चरे नगरपालिका–९ बस्ने २९ वर्षीय रमेश बस्नेत सामान्य घाइते भएकाले उहाँको बेलवारीस्थित नोबेल सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । माइक्रोबसमा चालक र सहचालक मात्र सवार रहेका थिए ।

Views: 195

प्रतिक्रिया (०)

सम्बन्धित खबर