Aamsanchar

अलैंची व्यवसायी महासंघको अध्यक्षमा कार्की निर्वाचित, बिमली ७० मतले पराजित

Author Image
आइतवार, चैत १०, २०७५

झापा ।

नेपाल अलैंची व्यवसायी महासंघको आगामी तीन वर्षे कार्यकालका लागि ओमकृष्ण विमलीलाई हराउँदै अध्यक्षमा राजकुमार कार्की निर्वाचित हुनुभएको छ ।

आइतबार धनकुटाको हिलेमा भएको महासंघको छैठौँ साधारण सभा तथा तेस्रो केन्द्रीय महाधिवेशनमा भएको निर्वाचनमा अध्यक्ष पदको उम्मेदबार रहनुभएका विमलीले ४१ र कार्कीले १११ मत ल्याउनुभयो ।

महासंघको वरिष्ठ उपाध्यक्षमा संखुवासभाका सुमन श्रेष्ठ, कृषि उपाध्यक्षमा पाँचथरका नरेन्द्र अधिकारी र वाणिज्य उपाध्यक्षमा बिर्तामोडका इन्द्र विन्दल निर्विरोध निर्वाचित हुनुभएको छ ।

यस्तै महासचिव पदमा बिर्तामोडका सुवास भट्टराई, सचिवमा इलामका मात्रिका घिमिरे र कोषाध्यक्षमा बिर्तामोडका निमेष मित्तल निर्विरोध चयन हुनुभएको छ ।

Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर