झापा ।
विश्व पानी दिवसको अवसर पारेर विलिभर्स इष्टन चर्च विर्तामोड डायोसिसले झापा र मोरङमा गरी ४० बटा फिल्टर वितरण गरेको छ । जसमा २८ बटा बायो फिल्टर र १२ बटा वाटर फिल्टर निशुल्क वितरण गरेको छ ।
झापाको बुद्धशान्ति, अर्जुनधारा, विर्तामोड, भद्रपुर, मेचीनगर, दमक तथा मोरङको बेलबारी लगायतका स्थानमा फिल्टर वितरण गरिएको डिकन फादर प्रेम बहादुर लिम्बुले जानकारी दिए ।
शुक्रबार भएको कार्यक्रममा अर्जुनधारा ४ को लक्ष्मी प्राविमा एक थान बायो फिल्टर र एक थान वाटर फिल्टर वितरण गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द प्रसाद श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा विलिभर्स इष्टन चर्च विर्तामोडका भिकार जेनेरल रेभ फादर चित्र रुपाचाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा अर्जुनधारा ४ का वडाध्यक्ष दुर्गाप्रसाद दाहाल, दहीझोडा सामुदायिक बनका अध्यक्ष खगेन्द्र लिम्बु, अगुवा रेभफादर दशरथ खडियाको विशेष आतिथ्य रहेको थियो । सो कार्यक्रमको सञ्चालन डिकन फादर प्रेमबहादुर लिम्बुले गरेका थिए ।
त्यस्तै बुद्धशान्ति ३ को प्रतिभा बालविकास केन्द्रलाई पनि सो अवसरमा एक थान बायो फिल्टर वितरण गरिएको छ । कार्यक्रम सो केन्द्रका अध्यक्ष केदार कोइरालाको सभापतित्वमा भएको थियो । कार्यक्रममा लिभिङ होप पोलिक्लिनिकका सञ्चालक निमा तामाङ, शिक्षिका मधु पाठक, सहसचिव रघु अधिकारीको आतिथ्य रहेको थियो ।