काठमाडौं ।
इलाम र झापामा चट्याङ लागेर चार जना घाइते भएका छन् । मंगलबार आएको हावाहुरी र पानीसंगै परेको चट्याङ लागेर झापाको अर्जुनधारा नगरपालिका वार्ड नं ११ मा दुई जना घाइते भएका छन्। स्थानीय फुलमाया बर्देवाको घरमा चट्याङ पर्दा चट्याङको झिल्काले लागेर ४७ बर्षीया फुलमाया बर्देवा र ४२ बर्षीया कृणा बर्देवा घाईते भएका हुन्।
घाईते दुवै जनाको मनमोहन अस्पताल बिर्तामोडमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ। इलाम नगरपालिका(६ गढीमा चट्याङको झिल्काले लागेर स्थानीयबासी ३३ बर्षीय दिनेश गुरुङ र ४१ बर्षीय बमबहादुर लिम्बु घाईते भएका छन्।
घाईते दुवै जनाको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 153