Aamsanchar

प्रदेश १ मा विप्लवलाई धक्का,कार्यकर्तालाई पक्राउ गर्दै मुद्दा दर्ता गर्दै प्रहरी

Author Image
बुधवार, चैत १३, २०७५

बेलबारी ।

नेत्रविक्रम चन्द (विप्लव) समूहलाई प्रदेश १ मा समेत ठुलो धक्का लागेको छ । कोशी व्यूरो इञ्चार्ज घनश्याम श्रेष्ठ (पुष्कर) सहित बिभिन्न जिल्लाबाट कार्यकर्ताहरु धमाधम पक्राउ पर्न थालेको छन ।

पक्राउ परेका पुष्कर सहित सुनसरी र भोजपुरबाट पक्राउ परेकाहरुलाई प्रहरीले संगठित अपराध र हातहतियार मुद्दामा म्याद थप गरी अनुसन्धान समेत शुरु गरेको छ । मोरङको कानेपोखरी गाउँपालिका–४ बयरबनबाट आइतबार साँझ पुष्कर र माधव गौतम पक्राउ परेका छन भने भोजपुरको टेम्के मैयुङ गाउँपालिका ४ नागीका सञ्जय राई, पौवादुङमा गाउँपालिका ३ च्याङ्ग्रेका विकास राई र साल्पासिलिछो गाउँपालिका १ कुलुङका महेन्द्र तामाङलाई पक्राउ गरी मुद्धा चलाईएको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ ।

पक्राउ परेका सञ्जय राई र महेन्द्र तामाङ जिल्ला कमिटी सदस्य हुन् भने विकास विद्यार्थी संगठनको जिल्ला अध्यक्ष हुन । भोजपुर सदरमुकाममा पक्राउ परेकाहरु सञ्जय र विकासलाई जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी केशवकुमार थेवेले बताए । महेन्द्र तामाङलाई प्रहरीले जिल्ला ल्याउने क्रममा रहेको डिएसपी थेवेले बताए ।

यता मोरङमा पक्राउ परेकाहरुलाई सुनसरीबाट संगठित अपराध तथा हातहतियार मुद्दामा म्याद थप गरिएको हो । विप्लवको आन्तरिक प्रशिक्षण आयोजना हुने सूचना पाएपछि पुगेको प्रहरीले श्रेष्ठ र गौतमलाई कानेपोखरी गाँउपालिकाबाट पक्राउ गरेको हो । अन्य भने फरार भएका थिए ।

उनीहरुलाई पक्राउ गरिएको स्थान पूर्व–पश्चिम राजमार्गबाट सात किलोमिटर दक्षिणमा पर्छ । पक्राउ गरिएपछि दुवै जनालाई इलाका प्रहरी कार्यालय पथरीमा राखिएको थियो । प्रहरीले उनीहरुका साथबाट नगद, उनीहरुले प्रयोग गर्ने मोबाइल, केही कागजपत्र र विभिन्न सिमकार्डहरु बरामद गरेको छ ।-पूर्वेली न्यूजबाट

Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर