Aamsanchar

युवा व्यवसायी बरुणको सवारी दुर्घटनामा परि निधन

Author Image
बुधवार, चैत १३, २०७५

झापा ।

भगवती वेभेरेज प्रालि झापा बुद्धशान्तिका सञ्चालक युवा व्यवसायी बरुण उप्रतीको सवारी दुर्घटनामा परि निधन भएको छ ।

गत चैत्र ४ गते मेची राजमार्ग अन्र्तगत बुद्धशान्ति ३ स्थित बुधबारे चोकमा मोटरसाइकल दुर्घटनामा परी गम्भिर घाइते भएका बरुणको काठमाडौंको मेडिसिटि अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान निधन भएको भगवती वेभेरेजका अर्का सञ्चालक सुमन पनेरुले जनाएका छन् ।

चैत्र ४ गते साँझ बुद्धशान्ति ३ काली खोलामा रहेको मिनिरल वाटर उत्पादन गर्ने भगवती वेभेरेज प्रालिबाट घर फर्कने क्रममा ट्याक्टरमा ठक्कर खाँदा मोटरसाइकलमा सवार बरुण गम्भिर घाइते भएका थिए ।

दुर्घटनामा परेपछि उनलाई तत्काल विर्तामोड स्थित बिर्तासिटि अस्पताल पु¥याइए पनि त्यहाँ उपचार सम्भव नभएपछि भोलीपल्टै विराटनगरको नोवेल अस्पताल लगिएको र त्यहाँ पनि उपचार सम्भव नभएपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लगिएको थियो । घोपामा पनि उपचार सम्भव नभएपछि हेलिकप्टर चार्टर गरी काठमाडौं लगिएको पनेरुले बताएका छन् । २८ बर्षिय बरुणको २ बर्ष अघि विवाह भएको थियो उनको एक छोरी रहेकी छिन् ।

Views: 246

प्रतिक्रिया (०)

सम्बन्धित खबर