Aamsanchar

विप्लव समूहको चैत १६ को बन्द फिर्ता

Author Image
बिहिवार, चैत १४, २०७५

झापा,

 इसइई परीक्षालाई असर गर्ने कारण देखाउँदै नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले आह्वान गरेको वन्द फिर्ता लिएको छ ।

सो समूहले चैत १६ गते बन्दको आवाहान गरेको थियो । विप्लव समूहका नेता गुणराज लोहनीले बन्द फिर्ता लिएको जानकारी गराउनुभएको छ । उहाँले एसईई परीक्षा परेको जानकारी पाएपछि बन्द फिर्ता गरिएको जानकारी दिनुभयो ।

एसईई परीक्षा र नेपाल बार एशोसिएशनको चुनावलाई लक्षित गरी बन्द फिर्ता गरिएको उहाँको भनाइ छ । यसअघि राष्ट्रिय मानवअधिकार आयोगले विज्ञप्ति जारी गरी एसईईको समयमा बन्द हड्तालको कार्यक्रम नगर्न विप्लव समूहलाई आग्रह गरेको थियो ।

Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर