Aamsanchar

ख्याल गर्नु है, धेरै मन दुखे मृत्युसमेत हुन सक्छ

Author Image
शुक्रवार, चैत १५, २०७५

एजेन्सी ।

मानिसको मृत्यु विभिन्न कारणले हुने गर्छ। कसैकाे सुतेको अवस्थामा नै मृत्यु हुने गर्छ भने कसैको शरीरमा ठूलो चोट पटक लाग्दा मृत्यु हुने गर्छ।

तर एक अनुसन्धानले भने धेरै मन दुखेको बेला अर्थात ठूलो मानसिक पीडा भएका बेलामा पनि मानिसको मृत्यु हुने तथ्य सार्वजनिक गरेको छ।

स्विजरल्याण्डका अनुसन्धानकर्ताहरूले ठूलो मानसिक पीडाले कसरी मस्तिष्कलाई प्रभावित गर्छ र मुटुमा क्षति पुर्‍याउछ भन्ने पत्ता लगाएका छन। अनुसन्धाताले यस्तो दुर्लभ र अस्वाभाविक स्थितिलाई ब्रोकन हार्ट सिन्ड्रोम भनेका छन।

वैज्ञानिकहरूका अनुसार मानिसमा धेरै दुःखद विषयले मस्तिष्क र मुटुमा नराम्रो प्रभाव पर्न सक्छ। यसबाट मुटुमा एउटा दुलर्भ रोग विकसित हुने र टाकट्सुबो सिन्ड्रोमले मुटुका केही भागको रुप फेरिदिने हुँदा यसले हृदयघातका भएर मानिसको मृत्यु हुने गर्छ।

शोधकर्ताहरूले भावनात्मक दुःखले मस्तिष्कका चार भागलाई उचित तालमेल गर्न नदिने पत्ता लगाएका थिए। अध्ययनमा शोक, डर र रिसको प्रभाव मानव शरीरमा कत्तिको पर्दछ भनेर अनुसन्धान गरिएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 295

प्रतिक्रिया (०)