चारपाने,चैत्र १५। जापानी ब्रान्डको इसुजुको आधिकारिक बिक्रेता एब्सोल्युट मोटर्सले बिर्तामोडमा नयाँ मोडलको सिंगल क्याब डी म्याक्स गाडीको बिक्री वितरण सुरु गरेको छ । एब्सोल्युट मोटर्सको बिर्तामोडस्थित पश्चिम बस स्टेण्डमा रहेको सोरुममा शुक्रबार बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले इसुजु सिंगल क्याब गाडी सार्वजनिक गरेका हुन् ।
जापानको प्रसिद्ध कम्पनी इसुजुले जापानमै इञ्जिन उत्पादन र बाँकी सामान थाइल्यान्डमा उत्पादन तथा भारतमा एसेम्बल गरी दक्षिण एसिया क्षेत्रको बजारमा पठाउने गरेको छ । ‘पौरखीको सवारी पूरा गर्छ जिम्मेवारी’ थिम लिएर नेपालको बजारमा आएको यो गाडीमा ३ टन सम्म सामान ओसारपसार गर्न सकिन्छ । २५ सय सिसी क्षमताको इञ्जिन भएकाले नेपालको पहाडी र कच्ची बाटोको लागि समेत निकै उपयोगी मानिएको छ ।
हाल यसको बजार मूल्य २४ लाख ९० हजार कायम गरिएको एब्सोल्युट मोटर्सका बजार व्यवस्थापक चेतन खतिवडाले जानकारी दिए ।