Aamsanchar

राजा आउने र हिन्दुराष्ट्र कायम हुने कुरा कल्पनासमेत गर्न सकिन्न–निधि

Author Image
शुक्रवार, चैत १५, २०७५

चितवन,

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले गणतन्त्र, संघीयता लगायतका उपलब्धि कुनै पनि हालतमा नउल्टिने बताएका छ।

प्रेस युनियन चितवनले शुक्रबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा निधिले लामो संघर्षपछि आएको नयाँ व्‍यवस्था अब परिवर्तन हुनै नसक्ने बताएका हुन्। उनले जनताले फालिसकेको राजतन्त्र आउने कल्पना पनि गर्न नसकिने बताए।

निधिले केही व्‍यक्तिले भन्दैमा पुन: राजा आउने र हिन्दुराष्ट्र कायम हुने कुरा कल्पनासमेत गर्न नसकिने जिकिर गरेका छन्। कांग्रेस महामन्त्री डा शशांक कोइरालातर्फ इंगित गर्दै निधिले भने, ‘व्‍यक्तिले भन्दैमा हुँदैन, पार्टीको आधिकारिक धारणा त्यो होइन’ उनले थपे, ‘मुलुक धर्मनिरपेक्ष नै रहन्छ, राजतन्त्र आउँदैन, जनमतसंग्रह हुनै सक्दैन।’ राज्यको कुनै धर्म नहुने धर्म त व्‍यक्तिले मान्ने उनको भनाइ थियो।

Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर