Aamsanchar

हावा हुरीका कारण बारा र पर्सा २७ जनाको मृत्यु,हुरीमा ज्यान गुमाउनेप्रति प्रधानमन्त्रीद्वारा शोक व्यक्त, उद्दारमा लाग्न निर्देश

Author Image
सोमवार, चैत १८, २०७५

काठमाडौं,

हावा हुरीका कारण बारा र पर्सा जिल्लामा गरी २७ जनाको मृत्यु भएको छ।

आइतबार साँझ आएको हावा हुरीले बारामा २६ र पर्सामा १ जनाको मृत्यु भएको बारा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डिएसपी) हेमबहादुर शाहीले बताए। शाहीका अनुसार मृत्यु हुनेमा १५ महिना र ११ पुरुष रहेका छन्।

मृतकको सनाखत हुन भने बाकी रहेको छ। रातिदेखि नै घाइतेको उद्दार जानरी भए पनि अस्पतालमा प्राप्त बेडहरू नहुदा समस्या भएको छ। ठूलो हावाहुरी आएको र घर लगायतका भौतिक संरचनामा क्षति भएकाले त्यहाँ पुरिएको हुनसक्ने शाहीले बताए। बारामा ४०० भन्दा बढी घाइते रहेको बताइएको।

उद्दार कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली खटिएको छ। पर्साका विभिन्न स्थानमा १२० जना घाइते भएको र उनीहरूको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ग्रामीण क्षेत्रमा आएको हावाहुरीका कारण घर, पर्खाल भत्किनाका साथै ठूलो जनधनको क्षति भएको छ। हुरीका कारण आपतमा परेकाहरूको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासी खटिएको प्रहरीले जनाएको छ।

यसैबीच प्रदेश २ का बारा र पर्सा जिल्लामा तीव्र गतिको हुरीबाट मृत्यु भएकाहरूप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले शोक व्यक्त गरेका छन। प्रधानमन्त्री ओलीले आइतबार साँझ दुई जिल्लामा आएको हुरीमा परेर ज्यान गुमाउनेहरूप्रति शोक व्यक्त गरेका हुन।

उनले मृतकका परिवारलाई समवेदना व्यक्त गरेका छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन। सामाजिक संजाल ट्विटर मार्फत प्रधानमन्त्रीले बारा र पर्सामा ठूलो धनजनको क्षति भएको जानकारीमा आएको र उद्दारका लागि सुरक्षाकर्मी खटाइसकिएको उल्लेख गरेका छन। उनले लेखेका छन, ‘उद्दारमा गम्भीर हुन र घाइतेको उपचारमा कुनै कमी आउन नदिन निर्देशित गरिएको छ।’-थाहाखबरबाट

Views: 193

प्रतिक्रिया (०)

सम्बन्धित खबर