Aamsanchar

बर्ने च्यालेञ्जकपको फाइनल खेल स¥यो

Author Image
सोमवार, चैत १८, २०७५

शान्तिनगर ।

झापा बुद्धशान्ति–४ बर्नेमा आयोजित चौथो बर्ने च्यालेञ्जकप नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल सरेको छ । गत चैत ११ गतेबाट सञ्चालित फुटबल प्रतियोगिताको फाइनल खेल चैत १८ गते सोमवारलाई तोकिएको थियो ।

फाइनल खेलमा धाइजन÷चारआली एकाडेमी र विर्तामोड युनाइटेड पुगेका छन् । आयोजक युनिटी युथ क्लवका कोषाध्यक्ष अर्जुन राना मगरका पुजनीय पीता यमराना मगरको चैत १५ गते असमायिक निधन भएकाले सोमवारको फाइनल खेल स्थगित गरिएको आयोजक समितिका अध्यक्ष डिल्ली माँवो (लिम्बू) ले जानकारी दिए । फाइनल खेल आगामी चैत २३ गते शनिवार हुनेछ ।

स्थानीय स्तरका खेलाडीलाई राष्ट्रिय स्तरसम्म पु¥याउन सहयोग गर्ने उद्देश्यले २०७१ सालबाट बर्ने चिया बगानको खेलमैदानमा फुटबल प्रतियोगिता आयोजना गरिर्दै आएको छ । चौथो संस्करणको प्रतियोगितामा झापा र इलामका गरी आठ वटा फुटबल टोलीले सहभागिता जनाएका थिए । प्रतियोगिताको विजेताले नगद ३५ हजार, उपविजेताले नगद २२ हजार रुपैयाँसहित ट्रफि प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको पहिलो पुरस्कार लोजिना एण्ड लासेमा कन्ट्रक्सन प्रालिका प्रोपाइटर लक्ष्मि माँवो र सामाजिक ब्यत्तित्व टेकबहादुर माँवोले प्रायोजन गरेका छन् भने दोस्रो पुरस्कार न्यूएभरग्रिन र ब्राइट फयूचर आवसीय माविले संयुक्त रुपमा गरेका छन् । त्यस्तै, ट्रफि र मेडल स्व.केशवबहादुर मगरको स्मृतिमा छोराहरु याम, कुमार, पृथ्वी र मदन मगरले प्रायोजन गरेका छन् । आयोजक युनिटीले खेलकुदसंगै सामाजिक चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 259

प्रतिक्रिया (०)