विराटनगर,
मोरङको जहबा गाउँपालिका-७ मा आइतबार राति सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ। स्थानीय ४० वर्षीया भुवनदेवी मण्डलको सर्पको टोकाइबाट मृत्यु भएको अस्पतालले जनाएको छ।
राति ८ बजेतिर गाउँबाट घर फर्किदै गरेकी मण्डलको देव्रे खुट्टामा घरनजिकैको गल्लीमा सर्पले टोकेको थियो। घटनालगत्तै मण्डललाई उपचारका लागि राति १० बजे विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा ल्याएको भएपनि चिकित्सकले मृत घोषणा गरेको थियो।
चिकित्सक पुरनचन साहका अनुसार मण्डलको गोमन सर्पको टोकाइबाट मृत्यु भएको हुनसक्ने बताए। मृतक मण्डलको शव अस्पतालमै राखिएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 188