Aamsanchar

भारतको मिसाइल परीक्षण खतरनाक : नासा

Author Image
बुधवार, चैत २०, २०७५

अमेरिकाको अन्तरिक्ष प्रोग्राम एजेन्सी नासा (द नेशनल एरोनोटिक्स एण्ड स्पेस एड्मिनिस्ट्रेशन) को प्रमुख जिम ब्राइडेन्स्टाइनले भारतले उसकै भू उपग्रह खसालेको कार्यलाई ‘खतरनाक’ भएको बताएका छन् ।

भारतले अन्तरिक्षको ३ सय किलोमिटर टाढा लो अर्थ अर्बिट ९एलईओ० स्याटेलाइट खसालेको थियो । जसले अन्तरीक्षमा ४०० टुक्रा फोहोर फैलिएको छ ।

जिमले भने ‘यो इन्टरनेशनल स्पेश स्टेसन (अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र)का लागि खतरा हो ।’ भारतले मिसाइल परीक्षण गरेको पाँच दिनपछि जिमले यस्तो बताएका हुन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अब अन्तरीक्षको महाशक्ति बन्ने घोषणा गरेका थिए । मोदीले देशबासीका नाममा सम्बोधन गर्दै भनेका थिए ‘भारतले आफ्नो नाममा अन्तरिक्ष महाशक्तिका रूपमा दर्ता गराइसकेको छ, विश्वका तीन देश अमेरिका, रूस र चीनले मात्रै यो उपलब्धि प्राप्त गरेको छ । अब यो पंक्तिमा भारत पनि सहभागी भएको छ ।’

जिमले भनेका छन् ‘भारतले जुन उपग्रहको निशाना बनाएको थियो त्यो धेरै टुक्रा भएको थियो । धेरै ठूला टुक्रा छन् हामीले साना टुक्राको ‘ट्रयाक’ गरेका हौँ ।अहिले ठूलो टुक्राको खोजि गरिरहेका छौँ । हामी १० सेन्टिमिटर अथवा त्यो भन्दा ठूला टुक्राकाबारेमा कुरा गरिरहेका छौँ । ठूला टुक्रामा ६० सेन्टिमिटरसम्मको टुक्रा भेटेका छौँ ।’

भारतले तुलनात्मक रुपमा कम उचाइको उपग्रहलाई निशाना बनाएको थियो । यो उचाइ तीनसय किलोमिटरको थियो । २००७ मा चीनले ८०० किलोमिटरभन्दा माथि आफ्नो उपग्रह नष्ट गरेको थियो । ३०० किलोमिटरको उचाइ इन्टरनेशनल स्पेस स्टेसन (आईएसएस)को नजिकै हो ।

नासाका प्रमुखका अनुसार अन्तरीक्षमा नष्ट भएको भारतीय उपग्रहको २४ टुक्रा आईएसएसको माथि गएको छ । यस्तो गतिविधि भविष्यमा अन्तरीक्षमा जाने यात्रीहरुको लागि प्रतिकुल हुने वैज्ञानिकहरुको दाबी छ ।

भारतको विदेश मन्त्रालयले भने कुनै अन्तरीक्ष अवेशष उत्पन्न नहोस् भन्नको लागि आफूहरुले तल्लो वायुमण्डलमा परीक्षण गरेको बताएका थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)