Aamsanchar

बिर्तामोड खेलकुद विकास समितिको पहिलो बैठक सम्पन्न

Author Image
बुधवार, चैत २०, २०७५

बिर्तामोड ।

युवा तथा खेलकुद विकास समिति बिर्तामोडले महत्वपूर्ण छ वटा निर्णय गर्दै मंगलवार पहिलो बैठक सम्पन्न गरेको छ ।

नव गठित युवा तथा खेलकुद विकास समिति बिर्तामोडका अध्यक्ष टिका संग्रौलाको अध्यक्षमा भएको बैठमा प्रमुख अतिथि मेयर धु्रवकुमार शिवाटीले बधाई ज्ञापन गर्दै सिमितिलाई सबै प्रकारका सहयोग प्रदान गर्न नगरपालिका तयार रहेको बताए ।

मेयर शिवाकोटीले खेलकुद समिति गठन भए पस्चात केहि असन्तुष्ट युवाले ज्ञापन पत्र बुझाएको बताउँदै सबैको चित्त बुझाउँन केहि कुरामा पनि नसकिने बताए । उनले सबै काम गर्न इच्छा हुनेलाई अन्य क्षेत्रमा समेट्दै लाने बताए ।

देखकुद विकास समितिले सबैको युवाहरुको भावनालाई समेट्दै बिर्तामोडलाई खेलकुद नगरको रुपमा विकसित गर्ने गरि काम अगाडी बडाउने अध्यक्ष संग्रौलाले बताए । उनले सबै खाले खेलका दक्ष प्रशिक्षक र खेलाडीहरुसँग छलफल गरेर सिमिति अगाडी बढ्ने बताए ।

सबै वडामा वडा युवा खेलकुद समिति गठन गर्ने र यहि आर्थिक बर्षभित्रमा वडा स्तरिय फुटबल प्रतियोगिता सञ्चालन गर्ने निर्णय भएको समितिका उपाध्यक्ष केशव भण्डारीले बताए । भण्डारिले छ सदस्य सचिवालय गठन गरिएको समेत जानकारी दिए ।

बैठकमा बिर्तामोड नगरपालिकाको उपमेयर पबित्रा महत्तरा प्रसाईं, कार्यकारी अधिकृत पशुपति खतिवडा लगायतले नवगठित समितिलाई शुभकामना दिँदै नगरको सहयोग रहने पतिबद्धता व्यक्त गरेका थिए ।

Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर