Aamsanchar

आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परिन् युवती

Author Image
बुधवार, चैत २०, २०७५

झापा ।

झापाको हल्दिवारी २ स्थित डाँडागाउँमा २५ वर्षीया एक युवती आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी छन् । स्थानीय नरेन राजवंशीकी श्रीमती २५ वर्षीया रुबि राजवंशी झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् । मृतक युवतीको मुखमा चोट देखिएको छ भने भुईंमा खुट्टा टेकिएको हल्दिवारी प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यलय भद्रपुरबाट प्रहरी टोली घटना स्थलमा आएको र आवश्यक छानबिन गरि पोस्टमास्र्टमका लागि शवलाई मेची अस्पताल पठाएको छ ।

भारतबाट करिब ७ बर्ष अगाडि नेपाल आएका नरेन राजवंशीकी जेठी श्रीमती ३ बर्ष अघि झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । नरेनले नेपाली नागरिकता समेत लिइसकेका छन् । स्थानीयले रुबिको हत्या भएको भन्दै उनका श्रीमानलाई कारबाही गर्नुपर्ने माग गरेका छन् भने उनले लिएको नागरिकताको विषयमा पनि छानबिन गर्नुपर्ने बताएका छन् ।

भारतबाट खाली हात आएका उनले ३० लाख भब्दा बढिको सम्पत्ति जोडिसकेको समेत छिमेकी दाबी गर्छन् । हल्दिवारीस्थित काजली बजारमा केहि वर्ष औषधि पसल समेत सञ्चालन गरेर बसेका राजवंशी र उनकी श्रीमतीबीच बेलुकी झगडा भएको छिमेकीहरुले बताएका छन् ।

मृतक महिलाको एउटा बच्चा समेत रहेको छ । मृतकका पतिका अनुसार २.३० राती दुबै उठेको र ४.३० बिहानसँगै सुतेकी श्रीमती नभएको र खोज्दा अर्को कोठामा झुन्डिएको अबस्थामा फेला परेको बताएका छ्न । पहिलो श्रीमतीको मृत्यु हुँदा मोटो रकम खर्चेर जेलबाट निस्किएको बताएका स्थानीयले अहिले पनि उनीमाथि कारबाही हुनेमा आशंका व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर