Aamsanchar

वरुण धवन र आलियाले भन्दा पनि पहिल्यै बिहे गर्न चाहान्छिन सुन्दरी नायिका सोनाक्षी सिन्हा

Author Image
बुधवार, चैत २०, २०७५

एजेन्सी,

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा अहिले आफ्नो आउन लागेको फिल्म ‘कलंक’का कारण समाचारको विषय बनिरहेकी छिन् । हालै फिल्मको शीर्ष गीत पनि रिलिज भएको छ । गीतलाई दर्शकले पनि निकै माया गरेका छन् । फिल्मको प्रमोसनका लागि सोनाक्षी सिन्हा, वरुण धवन र आलिया भट्ट लागिपरेका छन् ।

हालै यी तीन कलाकार एक टिभी रियालिटी सोमा पुगेका थिए । सोमा होस्टले वरुण, आलिया र सोनाक्षीको प्रेम जीवन र विवाहलाई लिएर प्रश्न गरेका थिए । होस्टले तीनैजनालाई सोधे कि ‘विवाह कहिले गर्ने रु’ यस प्रश्नमा सोनाक्षीले हाँस्दै भनिन् कि उनी वरुण र आलियाभन्दा पनि चाँडो विवाह गर्न चाहन्छिन् ।

सोनाक्षीले भनेकी छिन्, ‘म विवाहका लागि तयार छु, तर योग्य वर भेटिरहेकी छैनँ, जसलाई म जीवनसाथी बनाउन सकूँ ।’ केही समयअघि खबर आएको थियो कि सोनाक्षी ‘नोटबुक’ फिल्मका अभिनेता जाहिर इकबलसँग प्रेमसम्बन्धमा छिन् । तर, सोनाक्षीले जाहिरको साथमा आफ्नो सम्बन्धलाई लिएर केही बताएकी छैनन् ।नयाँ पत्रिकामा खबर छ ।

सोनाक्षीको फिल्म ‘कलंक’ मल्टी स्टारर फिल्म हो । फिल्ममा सोनाक्षी, आलिया, वरुण धवन, आदित्य राय कपुर, सञ्जय दत्त र माधुरी दीक्षितलगायत कलाकार रहेका छन् । फिल्मको निर्देशन अभिषेक बर्माले गरेका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)