दिपेन लावती / शान्तिनगर ।


झापा बुद्धशान्ति—४ र ७ मा निर्माणधिन खानेपानी आयोजनाको काम बजेट अभावका कारण सञ्चालनमा आउन सकेको छैन् । २०७२ सालमा जोगिडाँडा चतुरेश्वर खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समितिमार्फत काम थालिएपनि हालसम्म काम अधूरै छ ।

आर्थिक बर्ष २०७२÷०७३ सालमा खानेपानी डिभिजन कार्यालय भद्रपुर झापाले विनियोजन गरेको ७ लाख ५० हजार रुपैयाँबाट चार नम्वर वडामा ५० हजार लिटर क्षमताको रिजर्व ट्याङ्की निर्माण गरिएको छ । त्यस्तै, करीव ३ लाख रुपैयाँको लागतमा टिमाई खोलाको दाह्रेभीर (मुहान रहेको ठाउँ) मा रिजर्व ट्याङ्की र तार जाली निर्माण गरिएको छ । तर, उत्त संरचना निर्माण गरिएपनि हालसम्म सञ्चालनमा भने आउन सकेको छैन् । रिजर्भ ट्याङ्कीबाट मुहानसम्मको दुरी ६ किलोमिटर रहेको छ ।

खानेपानीको अभाव झेलिरहेका यस ठाउँका स्थानीयले हालसम्म उत्त आयोजनाको खानेपानी प्रयोग गर्न पाएका छैनन् । आर्थिक बर्ष २०७५÷०७६ को बजेटबाट बुद्धशान्ति गाउँपालिकाले करीब ७ लाख ५० हजार रुपैयाँ बरावरको १६ सय मिटर पाईप (नब्बे र पचहत्तर) उपलब्ध गराएपछि खानेपानीको करिव ५० प्रतिशत काम सक्ने गरि काम थालिएको खानेपानी उपभोत्ता समितिका अध्यक्ष दीपेश थेवेले जानकारी दिए ।
उनका अनुसार आर्थिक अभावमा अलपत्र परेको खानेपानीलाई पूर्णता दिन गाउँपालिकाले बजेट दिएको हो । यसका साथै गाउँपालिकाले करिव ३ लाख रुपैयाँ मुल्य बरावरको निर्माण समाग्री समेत उपलब्ध गराएको अध्यक्ष थेवेले बताए । चालु आर्थिक बर्षभित्रै पाइपलाइन विस्तार गरिने र अपुग भएको पाईप खरिद गर्न आवश्यक बजेट गाउँपालिका र प्रदेश सरकारसंग माग गर्ने जनाइएको छ ।
४ नम्वर र ७ नम्वरका गरी २ सय जना उपभोत्ता आवद्ध रहेको सो खानेपानी आयोजनालाई गाउँपालिका र प्रदेश सरकारले माग अनुसारको बजेट दिए दुई बर्षभित्र खानेपानी सञ्चालन गर्ने समितिको लक्ष्य छ । १६ सय मिटर पाइपलाईन विस्तारपछि मुहानसम्मको बाँकी पाईप उपभोत्ताबाटै रकम उठाएर खरिद गर्ने समितिको योजना छ ।
साना खानेपानीको योजना खानेपानी डिभिजनले नहेर्ने र गाउँपालिकाले पर्याप्त बजेट नदिदाँ खानेपानी आयोजनाको काममा ढिलासुस्ती भएको हो । गाउँपालिकाले उपलब्ध गराएको पाईप रिजर्व ट्याङ्कीबाट शुरु गरी मुहानसम्म पु¥याउने कामको गत साता शिलान्यास गरिएको छ । बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत धनन्जयकुमार शाहाले उत्त पाईप लाइन विस्तारको शिलान्सास गरे ।
उत्त कार्यक्रममा नेपाली काग्रेस बुद्धशान्ति गाउँपालिका सभापति चक्र शेर्मा, कार्यपालिका सदस्य दुर्गा ढुङ्गेल, विद्यार्थी नेता भुपेन्द्र थेवे, हडियाचुली सामुदायिक बनका पूर्व सचिव मणि गौतम, उपभोक्ता समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । सोही कार्यक्रममा उपभोत्ताहरुले खानेपानी आयोजनालाई पूर्णता दिई सञ्चालन गर्न बजेट माग गर्दै सम्वन्धित गाउँपालिका र प्रदेश सरकारलाई आग्रह समेत गरेका छन् ।

