Aamsanchar

विश्वकप फुटसल : नेपाल तीनै खेलमा पराजित

Author Image
शुक्रवार, चैत २२, २०७५

काठमाडौँ।

अर्जेन्टिनामा जारी १२आँै संस्करणको विश्वकप फुटसलमा नेपाल तीनवटै खेलमा पराजित भएको छ । समूह चरणकोअन्तिम खेलमा बिहीबार राति नेपाल क्याटलोनियासँग ११–१ को भारी गोल अन्तरले पराजित भयो । नेपालका लागि एक मात्रै गोल सुजन बलामीले गरेका थिए ।

यो हारसँगै नेपाल समूह ‘डी’ मा जितविहीन बन्दै घर फर्किएको छ । यसअघि नेपाल पहिलो खेलमा अमेरिकासँग २–१ गोल अन्तरले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा फ्रान्ससँग ३–२ गोल अन्तरले पराजित भएको थियो । नेपालले विश्वकपमा वाइल्ड कार्डबाट सहभागिता जनाएको हो ।

नेपालको समूहबाट क्याटलोनिया र फ्रान्स क्वाटरफाइलमा प्रवेश गरेका छन् । तीनै खेलमा पराजित नेपाली टोली आजै स्वदेश फर्कंदै छ । १२औँ संस्करणको विश्वकप फुटसलमा सहभागी हुन नेपाली टोली यही चैत १४ गते त्यसतर्फ गएको थियो ।

समीर कार्कीको कप्तानीमा विश्वकप खेल्ने १२ सदस्यीय नेपाली टोलीमा दिनेश श्रेष्ठ, विशाल थापा, सुजन बलामी, दीपेन्द्र रसाइली, साहिल राना, राजु बुढाथोकी, अनुप राना, बरदान लामा, गौरब श्रेष्ठ, ग्रिजेशमान श्रेष्ठ र सञ्जीव तामाङ रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 189

प्रतिक्रिया (०)

सम्बन्धित खबर