Aamsanchar

बर्ने च्यालेन्जकपको फाइनल बर्षाका कारण रद्द, फाइनल खेल २६ गते हुने

Author Image
शनिवार, चैत २३, २०७५

शान्तिनगर ।

झापा बुद्धशान्ति–४ बर्नेमा आयोजित ‘चौथो बर्ने च्यालेञ्जकप नकआउट फुटबल’ प्रतियोगिताको फाइनल खेल पुन ः सरेको छ । गत चैत ११ गतेबाट सञ्चालित फुटबल प्रतियोगिताको फाइनल खेल चैत २३ गते शनिवारलाई तोकिएको थियो । तर, शनिवार हुने भनिएको फाइनल खेल बर्षाले प्रभावित भएपछि चैत्र २६ गते मंगलवारलाई सारिएको आयोजक युनिटी युथ क्लवका अध्यक्ष डिल्ली माँवोले जानकारी दिए ।

यसअघि आयोजक युनिटी युथ क्लवका कोषाध्यक्ष अर्जुन राना मगरका पुजनीय पीता यामराना मगरको चैत १५ गते असमायिक निधन भएकाले चैत्र १८ गते सोमवारको फाइनल खेल स्थगित गरि चैत्र २३ गते शनिवारलाई तोकिएको थियो । शनिवारको फाइनल खेलपनि बर्षाका कारण प्रभावित भएपछि पुनःसारिएको हो ।

फाइनल खेलमा धाइजन÷चारआली एकाडेमी र विर्तामोड युनाइटेड पुगेका थिए । स्थानीय स्तरका खेलाडीलाई राष्ट्रिय स्तरसम्म पु¥याउन सहयोग गर्ने उद्देश्यले २०७१ सालबाट बर्ने चिया बगानको खेल–मैदानमा फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । चौथो संस्करणको प्रतियोगितामा झापा र इलामका गरी आठ वटा फुटबल टोलीले सहभागिता जनाएका थिए । प्रतियोगिताको विजेताले नगद ३५ हजार, उपविजेताले नगद २२ हजार रुपैयाँसहित ट्रफि प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको पहिलो पुरस्कार लोजिना एण्ड लासेमा कन्ट्रक्सन प्रालिका प्रोपाइटर लक्ष्मि माँवो र सामाजिक ब्यत्तित्व टेकबहादुर माँवोले प्रायोजन गरेका छन् भने दोस्रो पुरस्कार न्यूएभरग्रिन र ब्राइट फयूचर आवसीय माविले संयुक्त रुपमा गरेका छन् । त्यस्तै, ट्रफि र मेडल स्व.केशवबहादुर मगरको स्मृतिमा छोराहरु याम, कुमार, पृथ्वी र मदन मगरले प्रायोजन गरेका छन् । आयोजक युनिटीले खेलकुदसंगै सामाजिक चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर