पुष्पा लिम्बु / बिर्तामोड ।
सात दिने आधारभुत उद्घोषण तालीम झापाको हल्दीबारी गाउपालीका वडा नम्बर २ मा आइतबारबाट शुरु भएको छ । स्थानीय सरस्वती आधारभुत बिद्यालयमा आयोजीत तालीमको एक कार्यक्रमका बिच गाउँपालीका अध्यक्ष रबिन्द्र लिंगदेनले व्यानर बाचन गरेर उद्घाट्न गर्नुभयो ।
पाराखोपी , भेलागढी र बरपिपल डाँडागाउँ टोल बिकास संस्थाको संयुक्त आयोजनमा सञ्चालीत तालीमको सहजीकरण सञ्चारकर्मीद्धय जसोदा राजबंशि र पुष्पा लिम्बुले गरीरहनुभएको छ ।
“हल्दीबारीका महिला , बिकासमा पहिला ” भन्ने नारालाई मुर्तरुप दिन तथा यहाँका महिलाहरुको बौद्धिक क्षमता अभिबृद्धि गरी गाउँपालीकाको चौतर्फी बिकासमा योगदान दिने उद्धेश्यले तालीम आयोजना गरीएको वडा नम्बर २ का वडा सदस्य खगेन राजबंशिले जानकारी दिनुभयो ।
पाराखोपी टोल बिकास संस्थाकी अध्यक्ष शान्ता राईको अध्यक्षता रहेको तालीम उद्घाट्न कार्यक्रममा वडा सदस्य शुकलाल राजबंशि , बरपिपल डाँडागाउँकी अध्यक्ष खिनादेवी घिमिरे लगायतले बोल्नुभएको थियो ।
भेलागढी टोलबिकास संस्थाकी अध्यक्ष मिना राजंशिले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन बरपिपल डाँडागाउँकी सचिव बेबिका राजबंशिले गर्नुभएको थियो । ३० गते सम्म सञ्चालन हुने तालीममा ८३ जना प्रशिक्षार्थी सहभागी रहेका छन् ।