Aamsanchar

पूर्व प्रहरीले हावाहुरी पीडितलाई गरे सहयोग

Author Image
आइतवार, चैत २४, २०७५

सुरुङ्गा।

नेपाल पूर्व प्रहरी संगठन झापाले बारा–पर्साका हावाहुरी पीडितलाई सहयोग गरेको छ ।

गत चैत १७ गते साँझ ३ दर्जन बढीको ज्यान लिने गरी आएको विनाशकारी हावाहुरीबाट पीडितहरुका लागि नेपाल पूर्व प्रहरी संगठन जिल्ला कार्य समिति झापाले २५ हजार नगद सहयोग गरेको छ ।

उक्त रकम बाराको कलैया जिल्ला प्रशासन कार्यालय विपद व्यवस्थापन समितिमा पठाइएको संगठनका जिल्ला अध्यक्ष खेमराज कार्कीले जानकारी दिए ।

सो राहत रकम संगठनका सल्लाहकार संयोजक पूर्व प्रहरी नायक उपरीक्षक धनप्रसाद शिवाकोटी र अध्यक्ष कार्कीद्वारा जिल्ला प्रशासन कार्यालय भद्रपुर, झापामा आयोजित एक कार्यक्रमका वीच प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई हस्तान्तरण गरिएको छ ।

सो अवसरमा हावाहुरीबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली, शोकाकुल परिवारमा समवेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको थियो ।

नेपाल पूर्व प्रहरी संगठन झापा अन्तर्गतका दमक नगर कमिटी, मेचीनगर नगर कमिटी, कनकाई नगर कमिटी लगायतका विभिन्न स्थानीय तह अन्तर्गतका समितिहरुले सो राहत रकम जुटाउन सहयोग गरेको जिल्ला अध्यक्ष कार्कीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर