बिर्तामोड,

चन्द्रगढी विमानस्थलको विकास तथा विस्तारको कार्य अन्तिम चरणमा पुगेको छ । विमानस्थलको विकास तथा विस्तारको क्रममा नागरिक उड्ययन कार्यालय चन्द्रगढी झापाले धावन मार्गको पूर्व तर्फको करिव साढे ११ विगाह जमिन समेत अधिग्रहण गरेको छ ।

हालसम्म जमिन अधिग्रहणका लागि १३ करोड २४ लाख २५ हजार एक सय ६० रुपैयाँ रकम बरावरको २९ जनाको जमिन खरिद गरिसकिएको नागरिक उड्ययन कार्यालय चन्द्रगढीका प्रमुख (प्रवन्धक)पूर्ण चुडालले जानकारी दिए । ३ करोड ८० लाख रुपैयाँ वरावरको जमिन अधिग्रहणको क्रममा रहेको र ४ जनालाई केही दिन भित्रै रकम भुक्तानी गर्ने चुडालले बताए ।

उनले भने– ‘अरु तीन जनाको जमिन अधिग्रहण गर्ने तयारी गरिएको छ । सवै जमिन अधिग्रहण गर्दा विमानस्थलको नाममा ६२ कित्ता जमिन थपिन्छ ।’ रात्रीकालिन सेवा समेत शुरु गरेको चन्द्रगढी विमानस्थलले हाल धावन मार्गलाई थप स्तरोन्नतिको काम अघि बढाएको छ ।

विमानस्थलमा नाइटफ्लाइटका लागि थप उपकरण जोड्ने कार्य जारी रहेको बताउँदै आगामी दिनमा अन्तराष्ट्रिय उडानका लागि पहल थालिएको चुडालको भनाई छ । चन्द्रगढी विमानस्थललाई थप नियमित , सुरक्षित र भरपर्दाे बनाउन हामी जुटेका छौं चुडालले भने – चन्द्रगढी विमानस्थल काठमाडौंपछिको धेरै देशका पर्यटक आवागमन गर्ने विमानस्थाल हो यसलाई थप व्यवस्थित गर्ने जिम्मा हामीसवैको हो । ’
चन्द्रगढी विमानस्थाल भएर नेपाल सहित भुटान, वंगलादेश, वर्मा , भारत लगायतका दैनिक हजार वढी यात्रुले उडान भर्ने गरेको बताउँदै उनले भने – पोखराको उडान थपिएको खण्डमा यो विमानस्थालमा यात्रुको चाप झन बढेर जान्छ ।’
पाँच हजार भिजिविलिटमा मात्रै जहाज अवतरण गराईदै आएको विमानस्थालले रात्रिकालिन उडान भर्न शुरु गरेसंगै २ हजार दुई सय भिजिविलिटीमा जहाज अवतरण गराउँदै आएको र त्यसलाई समेत घटाएर एक हजार तीन सय भिजिविलिटमा पु¥याउनका लागि काम भइरहेको प्रवन्धक चुडालको भनाई छ ।
हाल पाँच विमान कम्पनीका जहाजले सेवा दिइरहेको बताउँदै चुडालले भने –‘ दुई महिना भित्र पोखराका लागि उडान भर्ने तयारी सहित काम अघि बढेको छ पोखराका लागि सिधै उडान भर्न थालेसंगै आन्तरिक तथा वाह्रय पर्यटकको चाप बढ्ने अपेक्षा गरिएको छ ।’


झापा सहित चार जिल्लाका लागि एक मात्र भरपर्दाे विमानस्थालका रुपमा चिनिएको चन्द्रगढी विमानस्थालले जग्गा अधिग्रहणको काम सम्पन्न गरेसंगै विमानस्थालको स्तरोन्नति गरिएपछि विमानस्थाललाई समेत थप सहज हुने उनको भनाई छ । हाल विमान राख्नका लागि ठाउँको तयारीमा जुटेको चुडालले बताए ।
तीन वटा जहाज राख्ने ठाउँ तयार गरैसंगै ं पोखरा सहित भैरहवा र नेपालगञ्जका लागि समेत उडान भरिने उनको भनाई छ । अन्तराष्ट्रिय उडानका लागि समेत कलकत्ता, वंगलादेशको राजधानी ढाकाका लागि सम्भाव्यता अध्ययन भइरहेको बताउँदै चुडाल भन्छन– ‘अन्तराष्ट्रिय उडान भर्न सकेको खण्डमा अझ भापा सहित पूर्वको पर्यटन विकासमा टेवा पुग्छ ।’

