Aamsanchar

गाँउको विवाद गाँउमै समाधन 

Author Image
सोमवार, चैत २५, २०७५

बिर्तामोड ।

देश संघियतामा गएसंगै धेरै अधिकारहरु स्थानीय तहसम्म आएका छन् । सिंहदरबारको अधिकार गाँउ–गाँउमा भन्ने नारा घन्किएसंगै धेरै अधिकारहरु गाँउ तहसम्म आएका हुन् ।

गाँउमा समान्य विवाद हुदा समेत प्रहरी चौकी र अदालतसम्म धाउने झापाका बाह्रदर्शीमा अहिले स्थानीय सरकार आएसंगै अधिकांश विवादहरु गाँउ तहमा नै मिल्ने गरेको बाह्रदर्शी गाँउपालिकाकी उपाध्यक्ष रत्नाकुमारी राजवंशीले बताइन् । उनले भनिन्–गाँउपालिकामा आएका सबै निवेदनहरु बीच दुवै पक्षलाई राखेर छलफल गर्छु र समस्याको समाधान गर्दै आएको छु ।

बाह्रदर्शी गाँउपालिकाले ढेड वर्षको अवधिका ४५ भन्दा बढी विवादलाई सहमतिमा टुङगोमा पु¥याएको न्यायीक समितिकी अध्यक्ष समेत रहेकी उपाध्यक्ष राजवंशीको भनाई छ । उनका अनुसार यसअघि समान्य विवादहरु प्नि प्रहरी चौकी र अदालतसम्म पुग्ने गरेका थिए तर स्थानीय तहमा नै न्यायीक समिति गठनभएपछि विवादहरु गाँउपालिकासम्म आउने गरेपनि सहमतिमा नै विवादहरु समाधन गरिदै आएको छ ।

झापाको दक्षिणी क्षेत्र बाह्रदर्शीमा घर झगडा,लेनदेन, सिमा विवाद, सम्बन्ध विच्छेद लगायतका मुद्धाहरु धेरै आउने गरेको उपाध्यक्ष राजवंशीको भनाई छ । स्थानीय तहमा नै विवाद समाधान गर्ने गरिएको भएपनि सुरुवात न्यायीक समिति प्रति मानिसको विस्वास नभएपनि पछिल्लो समय भने विश्वास बढ्दै गएको र प्रहरी चौकी, अदालत जत्तिकै अधिकार न्ययीक समितिमा रहेको कुरा थाहा पाएपछि अधिकांश विवादहरु गाँउ तहसम्म आउने गरेको बताइएको छ ।

गाँउमा हुने समानय झै–झगडाहरु समाधान गर्न न्यायीक समितिकी अध्यक्ष राजवंशीले वडाहरुलाई नै निर्देशन दिएकी छन् । वडामा मिल्न नसकेका विषयहरु मात्रै गाँउपालिकासम्म आउने गरेको जनाइएको छ । न्याय सम्पादन गर्दा सुरुवातको समयमा केहि असहज भएपनि कानुनका विज्ञहरुसंगको परामर्श तथा कानुनी सम्बन्धि स्वअध्ययनका कारण विवाद निरुपण गर्न सहज भएको उपाध्यक्ष राजवंशीले बताइन् ।

गाँउपालिकामा विवाद समाधन गर्नका लागि छुट्टै न्यायीक इजलास आवश्क पर्नेभएपनि भवन अभावका कारण आफ्नै कार्यकक्ष तथा सभाहलमा लगेर छलफल गर्ने तथा बन्द इजलास सञ्चालन गर्ने गरेको न्यायीक समितिकी अध्यक्ष राजवंशीको भनाई छ । गाँउका विवाद गाँउका निरुपण हुन थालेपछि स्थानीयको समय र पैसाको बचत हुनुका साथै आपसमा सौहार्दताप”र्ण वातावरणको समेत सिर्जजना भएको बताइएको छ ।

Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर