Aamsanchar

चारआलीमा पाउँ पाथिभरा अटो यातायात

Author Image
सोमवार, चैत २५, २०७५

शान्तिनगर ।

झापाको मेचिनगर–१३ स्थित चारालीमा पाउँ पाथिभरा अटो यातायात प्रालि सञ्चालनमा आएको छ ।

मेचिनगर ११, १२, १३ र १४ भित्र रहेका अटो तथा जीपहरुको हकहितका लागि साविकको दुवागढी र धाइजन क्षेत्रमा यो पहिको यातायात कम्पनी स्थापना भएको हो ।

पाउँ पाथिभरा अटो यातायात प्रालिका अध्यक्ष भोजन प्रसाद गौतमको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा मेचीनगर–१३ का वडाध्यक्ष कृष्णराज सिग्देलको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा मेचीनगर–१३ नगरसभा सदस्य निलु परियार, चारआली जेसिसका अध्यक्ष उत्तमप्रसाद पकुवाल, प्रहरी बिट चारआलीका भवानी दाहाल, इन्द्र राई लगायतको आतिथ्य रहेको थियो ।

प्रालिका उपाध्यक्ष बिष्णुप्रसाद आचार्यले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव मुकेश शर्माले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 256

प्रतिक्रिया (०)

सम्बन्धित खबर