बिर्तामोड।
झापाको बिर्तामोडमा सोमबारबाट सञ्चालनमा आएको हेरीटेज ब्युटी शैलुन सञ्चालनमा आएको छ । बिर्तामोडका व्यवसायी देवीभक्त श्रेष्ठ र उर्मिला बिमली श्रेष्ठले ५० लाख रुपैयाँको लागतमा सञ्चालनमा ल्याएको हेरीटेज ब्युटी शैलुनको उद्घाटन चर्चित हाँस्य कलाकार हरिबंश आचार्यले गरे । जीवनमै पहिलो पटक फेसियल गरेका छन् । झापाको बिर्तामोडमा सोमबारबाट सञ्चालनमा आएको हेरीटेज ब्युटी शैलुनमा चर्चित हाँस्य कलाकार हरिबंश आचार्यले जीवनमै पहिलो पटक फेसियल गरेका छन् ।
बिर्तामोडका व्यवसायी देवीभक्त श्रेष्ठ र उर्मिला बिमली श्रेष्ठले ५० लाख रुपैयाँको लागतमा सञ्चालनमा ल्याएको हेरीटेज ब्युटी शैलुनको उद्घाटन गर्दै हाँस्य कलाकार आचार्यले फेसियलसँगै हेयरकट समेत गरेका थिए ।
कलाकारिता र अभिनयको क्षेत्रमा चार दशक बिताएका हाँस्य कलाकार आचार्यले जीवनमै पहिलो अनुभव लिएको बताए ।
मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यको सहकार्यमा निर्माण भएको नयाँ फिल्म ‘दाल भात तरकारी’को प्रचार प्रसारका लागी बिर्तामोड आएका उनले आफू सुन्दर देखिनका लागी फेसियल गरेको बताए ।
त्यस्तै हाँस्य कलाकार हरिबंश आचार्यकी श्रीमती रमिला आचार्य , कलाकार किरण केसी लगायतले समेत हेरीटेज ब्युटी शैलुनबाट सेवा लिएका थिए । उनीहरु सबैले हेरीटेज ब्युटी शैलुनको सेवाको प्रसंसा समेत गरेका थिए ।
कार्यक्रममा चलचित्र ‘दाल भात तरकारी’का कलाकारहरु हरिवंश आचार्य, किरण केसी, शिवहरी पौडेल, आँचल शर्मा, विल्सन विक्रम राई, यू टर्नका इभेन्ट म्यानेजर भिष्म संगा्रैला ,बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाई , होटल व्यवसायी महासंघका महासचिव उदय नारायण सापकोटा , होटल व्यवसायी संघ झापाका अध्यक्ष भोला उपे्रती ,उपाध्यक्ष इन्दिरा श्रेष्ठ , बिर्तामोड ५ का वडाध्यक्ष राजेन्द्र लिङ्देन , साहित्य चौतारी झापाका संरक्षक शिवशंकर थापा , बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई ,वीरता जेसीजका अध्यक्ष विशाल थापा , वीरता लेडी जेसीजकी अध्यक्ष सरु खनाल , पूर्वअध्यक्ष उर्मिला खरेल , व्युटिशियन निरम बस्नेत , नेपाल उद्यमशिल महिला संघकी अध्यक्ष पार्वता बिमलीलगायतले हेरीटेज ब्युटी शैलुनको सेवाको सफलताको शुभकामना दिएका थिए । ,
कार्यक्रममा हेरीटेज ब्युटी शैलुनका सञ्चालक देवीभक्त श्रेष्ठले महिला र पुरुषहरुलाई हेयर र मेकअप सौन्दर्य सम्वन्धी सम्पूर्ण सेवासुविधा प्रदान गर्ने उद्देश्यका साथ बिर्तामोडमा अत्याधुनिक सुविधासम्पन्न हेरीटेज व्युटी शैलुनको स्थापना गरेकोे बताए ।
बिर्तामोडमा भएका अन्य शैलुनभन्दा उत्कृष्ट सेवासुविधा दिनको लागि हेरीटेज ब्युटी शैलुन सञ्चालनमा ल्याइएको बताउँदै श्रेष्ठले दिल्ली र काठमाडौंका दक्ष व्यूटीसियनहरुले महिला र पुरुषको हेयर र ब्युटी सम्बन्धी सम्पूर्ण सेवासहित फेसियल ,ब्राइडल मेकअप, मेडिक्युर पेडिक्युर लगायतका सेवा समेत उपलब्ध गराउने बताए ।
त्यस्तै स्पा, साउना बाथ लगायतको सेवा समेत प्रदान गरेको बताउँदै सञ्चालक श्रेष्ठले बिहान ७ बजेदेखि बेलुका १० बजेसम्म सेवा प्रदान गर्ने बताए । शैलुनमा सेवा लिन आउने ग्राहकहरुको छालाको स्तर जाँच गरेर मेकअपका सामग्रीहरुसहितको सेवा प्रदान गर्ने बताउँदै श्रेष्ठले स्वस्थबद्र्धक उच्चस्तरीय सामग्रीहरुको प्रयोग गर्ने जानकारी दिए ।
होटलमा आउने ग्राहकरुलाई विशेष प्याकेजसहितको सेवा प्रदान गर्ने बताउँदै श्रेष्ठले अन्य ग्राहकरुलाई सर्वशुलभ दरमा सेवा उपलब्ध गराउने बताए । कार्यक्रममा ब्युटिशियन सविना तामाङले हेरीटेज व्युटी शैलुनले उपलब्ध गराउने सेवाको बारेमा जानकारी गराएकी थिइन् ।