काठमाडौँ ।

भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको १२५ औँ जन्मोत्सवका अवसरमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनका लागि नयाँ दिल्लीमा जानुभएका नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल गए राति स्वदेश फर्कनुभएको छ ।

गत कात्तिक ३० गते भारत जानुभएका उहाँ बुधबार राति स्वदेश फर्कनुभएको हो । सम्मेलनमा वरिष्ठ नेता नेपालले नेहरूको विश्वदृष्टिकोण, लोकतन्त्र, समावेशीता र सशक्तीकरणका लागि उहाँको योगदान विषयमा धारणा राख्नुभएको थियो ।

त्यहाँ रहँदा उहाँले भारतीय काँग्रेस पार्टीका अध्यक्ष सोनिया गान्धीलगायत नेता र उच्च अधिकारीसँग भेटवार्ता गर्नुभएको उहाँका सहयोगी मोहन गौतमले जानकारी दिनुभयो ।

Views: 161

