Aamsanchar

अनारमनी वितरण केन्द्रका ग्रहाकले ७० लाखको बिजुली बाले

Author Image
बुधवार, चैत २७, २०७५

अब ३ दिनमै मिटर / सुरक्षा दिवसमा सपथ

नरेन्द्र ढकाल / बिर्तामोड।

नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रका ग्रहाकले एक वर्षको अवधिमा ७० करोडबढीको बिजुली बालेका छन् ।

अनारमनी वितरण केन्द्र अन्र्तगत बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिका साथै बाह्रदर्शी, हल्दीबारी झापा गाँउपालिकाका सम्पूर्ण क्षेत्र तथा मेची नगरपालिकाको चारआली खण्ड र इलामको र्बदु क्षेत्रका ७० हजार ग्रहाकले एक वर्षको अवधिमा ७ करोड ४६ लाख ३४ हजार युनिट विद्युत खपत भएको छ । उक्त विद्युत खपत गर्दा ७० करोड एक लाख ४२ हजार रुपैंयाबढी राजश्व संकलन गर्न सफल भएको अनारमनी वितरण केन्द्रका प्रमुख जीतेन्द्रकुमार झाले जानकारी दिए ।

अनारमनी वितरण केन्द्रले ग्रहाकको सुविधालाई ध्यानमा राखेर सुरुङगा र शनिश्चरेमा शाखा सञ्चालन गरेको छ । त्यस्तै चारआली, शरणामती, कुमरखोदमा फियुज सेवा सञ्चालनमा रहेको र केही महिना भित्रै गोल्धापमा समेत फियुज सेवा सञ्चालन गर्ने तयारी भइरहेको प्रमुख झाको भनाई छ ।

विद्युत प्राधिकरणले ८० लाख रुपैंयाबढी बक्यौता असुल गर्न बाँकी रहेको भन्द्रै प्रमुख झाले भने–अनारमनी वितरण केन्द्रमा ८० लाख बक्यौता उठन बाँकी छ, अब पहिचान गरेर केहीलाई कालो सुचीमा राखेका छौं नतिर्नेको घरको लाइन काट्नेदेखि पक्राउ समेत गर्नेछौं ।

चुहावटमा सुधार

अनारमनी वितरण केन्द्रले चुहावट हुने क्षेत्रको पहिचान गरेर निगरानी बढाएसंगै चुहावटमा नियन्त्रण गर्न सफल भएको वितरण केन्द्रका प्रमुख झाको भनाई छ ।

नेपालकै पहिलो विद्युत चुहावट मुक्तक्षेत्रको रुपमा कनकाई नगरपालिका घोषणा गर्न सफल भएको र गाँउपालिकामा झापा गाँउपालिका पनि चुहावट मुक्त क्षेत्र भएको प्रमुख झाले बताए । उनले भने–मैले जिम्मेवारी सम्हाल्दा चुहावट दर २३.५ प्रतिशत रहेको थियो अहिले भने १२.५ प्रतिशतमा सिमित गर्न सफल भएको छु ।

जनप्रतिनिधिको साथ र सहयोगका साथै कर्मचारीको सक्रिय अनुगमनका कारण बिजुली चोर्नेहरु कानुनी दायरामा आउन सफल भएको जनाइएको छ । प्रमुख झाले चुहावट दरलाई अझैं घटाउन के गर्न सकिन्छ भन्ने विषयमा अध्धयन भइरहेको जानकारी दिए ।

अब ३ दिनमै मिटर

मिटर बक्स समयमा उपलब्ध नहुदाँ धेरै विद्युत चोरी हुने गरेको निकर्ष निकाल्दै अनारमनी वितरण केन्द्रले घरका लागि आवश्यक पर्ने मिटर बक्स विद्युत प्राधिकरणमा निवेदन दर्ता गरेको तीन दिनभित्रैमा जडान गर्ने ब्यवस्था गरेको वितरण केन्द्रका प्रशासकीय अधिकृत पूर्णकुमार चुडालले जानकारी दिए ।

उनले भने–घरका लागि ३ दिनमा मिटर जडान गर्ने छौं उद्योगका लागि १५ दिनभित्रमा मिटर जडान गर्ने ब्यवस्था मिलाएका छौं । विद्युत प्राधिकरणमा कुनै पनि ग्रहाकले मिटर बक्स नपाएको गुनासो आउन छाडेको जनाइएको छ ।

विद्युत सुरक्षा दिवस मनाइयो–

नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रले मंगलबार बिर्तामोडमा राष्ट्रिय विद्युत सुरक्षा दिवस मनाएको छ ।

विद्युत दुर्घटनाबाट आफू बचौं र अरुलाई पनि बचाऔं भन्ने नाराका साथ सुरु भएको कार्यक्रममा कनकाई नगरपालिका प्रमुख राजेन्द्र पोख्रेल, अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना, बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतरा (प्रसाई), झापा गाँउपालिका अध्यक्ष जयनारायण साह, इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख सुवास खड्का लगायतले बोलेका थिए ।

जनप्रतिनिधिहरुले विद्युत सुरक्षा दिवसलाई अझ ब्यापक बनाउन सुझाव दिदैं अब हरेक षेत्रमा जनजेतना फैल्याउनु पर्ने सुझाव दिएका थिए । प्रधिकरणका प्रमुख जीतेन्द्रकुमार झापाको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित सबैलाई प्रशासकीय अधिकृत पूर्णकुमार चुडालले स्वागत गरेका थिए भने सञ्चालन दुर्गाप्रसाद पोख्रेलले गरेका थिए ।

सुरक्षा दिवसमा सपथ–

नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रले देशमै पहिलो पटक कर्मचारीलाई सुरक्षा अप्नाउन आग्रह गर्दै सपथ ग्रहण गराउन सुरु गरेको छ ।

गत वर्षबाट सुरु गरिएको यो कार्यक्रम यस वर्षबाट देश ब्यापी बन्न सफल भएको जनाइएको छ । दिवसका अवसरमा मंगलबार विद्युत प्राधिकरणका कर्मचारीहरुलाई कार्य क्षेत्रमा खटिएको समयमा हेल्मेट, पञ्जा, गमबुट र सेफ्टी बेल्ड लगाउने बाचा गराउदैं सपथ गराउने गरेको प्रशासकीय अधिकृत चुडालले जानकारी दिए ।

उनका अनुसार सपथ खाएका कर्मचारीले कार्य क्षेत्रमा खटिएको समयमा हेल्चेक्राई गरिएको पाए एक महिनासम्मको ओभर टाईमको सेवा सुविधा कटौती सम्मगर्ने नियम बनाईको छ ।

लापरबार्हीले कसैको मुल्यु भएन्–

विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रले विगत दुई वर्षको अवधिमा विद्युत लापरबार्हीका कारण कसैको मृत्यु नभएको दाबी गरेको छ ।

कर्मचारीलाई सुरक्षा अप्नाउन सपथ ग्रहण गराएको तथा प्राधिकरणको हेल्चेक्राईका कारण कसैको पनि मृत्यु भएको नपाइएको प्राधिकरणका प्रमुख झाले बताए । उनले भने–दुई वर्षको अवधिमा कसैको मृत्यु भएको छैन् । हामीले कसैलाई क्षतिपूर्ती दिएका छैनौं । मृत्युदर शून्य रहेको छ ।

Views: 455

प्रतिक्रिया (०)