बिर्तामोड।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूह झापा सेक्रेटरी सुमनसिंह पैडेलले झापामा भएको भ्रष्ट्रचार रोक्न पटक–पटक सजग गएपनि अटेर गरेको भन्दै भौतिक कारबार्ही गर्ने चेतावनी दिएका छन् ।

झापाको बिर्तामोड, दमक लगायतका शहरहरुमा रहेका होटलहरुमा हुने यौनजन्य गतिविधि नरोके भौतिक कारबार्ही गर्ने बताएका छन् । म्यानपावर कम्पनीहरुले आफ्नो ठगी धन्दा नरोक जस्तोसुकै कारबार्ही पनि हुन सक्ने चेतावनी दिएका छन् ।

सेक्रेटरी सिंहले नगरपालिका तथा गाँउपालिकामा हुने भ्रष्ट्रचार नरोके मेयर–उपमेर तथा अध्यक्ष र उपाध्यक्ष मात्रै नभएर कार्मचारीलाई पनि भौतिक कारबार्ही गर्ने बताउदैं चिया मजदुरको समस्या तत्काल सम्बोधन नगरे कारबार्ही गर्ने चेतावनी दिएका छन् ।

पटक–पटक विज्ञप्ती मार्फत सजग गराएपनि धेरैले अटेर गरेकाले अब कारबार्ही अभियान सुरु गर्ने सेक्रेटरी सुमनले जानकारी दिए । यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहले नेपाल बन्दसहितका आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।
सरकारले आफूमाथि लगाएको प्रतिबन्धविरुद्ध आन्दोलनको घोषणा गरेको हो । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले विज्ञप्ती जारी गरेर पक्राउ परेका आफ्ना नेता कार्यकता रिहाई र सरकारले लगाएको प्रतिबन्ध हटाउन माग गर्दै चरणवद्ध आन्दोलनको घोषणा गरेका हुन् ।
चैतभित्र प्रतिबन्ध हटाउन विज्ञप्ती मार्फत माग गरेको छ । सरकार प्रतिबन्ध नहटाए सरकारका कार्यक्रममाथि प्रतिबन्ध लगाउने पनि विप्लवले कडा चेतावनी दिएका छन् । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बैशाख ५ गते नेपाल बन्दको आह्वान गरेको छ ।
महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै नेपाल बन्द सहितका संघर्षका कार्यक्रमहरु घोषणा गरेका हुन् । विज्ञप्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली जनक्रान्ति र राष्ट्रिय राजनीतिमा ‘एउटा मजाक’को प्रतिनिधि भनि उल्लेख गरिएको छ ।
ओली र पिके दाहालले नेतृत्व गरेको कथित नेकपा (नेकपा)को ओली सरकारले नेपाली स्वाभिमानी एवं श्रमजीवी जनताको प्रतिनिधि नेपाल कम्युनिष्ट पार्टी र यसका राजनैतिक एवं जनसेवाका कार्यक्रममाथि गत फागुन २८ गते राती अंकुश लगाउने काम भएको विज्ञप्तिमा जनाइएको छ ।

