Aamsanchar

विर्तामोड युनाइटेड च्याम्पियन

Author Image
बुधवार, चैत २७, २०७५

शान्तिनगर ।

विर्तामोड युनाइटेडले झापा बुद्धशान्ति गाउँपालिका–४ बर्नेमा सम्पन्न ‘चौथो बर्ने च्यालेञ्जकप नकआउट फुटबल’ प्रतियोगिताको उपाधि जितेको छ ।

मङ्गलवार बर्ने चिया बगानको खेल मैदानमा भएको फाइनल प्रतिस्पर्धामा धाइजन÷चारआली फुटबल एकाडेमीलाई १÷० गोल अन्तरले हराउँदैं विर्तामोडले उपाधिमाथि कब्जा जमाएको हो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको दुवै टोलीले खेलको दोस्रो हाफमा केही आक्रमक खेल प्रदर्शन गरेको थियो । खेलको इन्जुरी समयमा विर्तामोडले गरेको गोल नै निर्णायक भएको थियो । उपाधिसंगै विर्तामोडले नगद ३५ हजार रुपैयाँ, ट्रफि, प्रमाण–पत्र प्राप्त गरेको छ । त्यस्तै, उपविजेता बनेको धाइजन÷चारआलीले नगद २२ हजार रुपैयाँमा चित्त बुझाएको छ ।

गत चैत ११ गतेबाट सञ्चालित प्रतियोगितामा झापा र इलामका गरि आठ वटा फुटबल टोलीले सहभागिता जनाएका थिए । आयोजक युनिटी युथ क्लवले आयोजना गरेको प्रतियोगितामा स्थानीय–स्तरका खेलाडीलाई राष्ट्रिय–स्तरसम्म पु¥याउन सहयोग गर्ने उद्देश्यले २०७१ सालदेखि नियमित फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

प्रतियोगिताको पहिलो पुरस्कार लोजिना एण्ड लासेमा कन्ट्रक्सन प्रालिका प्रोपाइटर लक्ष्मि माँवो र बुद्धशान्ति–४ का सामाजिक ब्यत्तित्व टेकबहादुर माँवोले प्रायोजन गरेका हुन् भने दोस्रो पुरस्कार ब्राइट फ्यूचर र न्यूएराएभरग्रीन आवसीय माविले संयुत्तरुपमा प्रायोजना गरेका हुन् ।

त्यस्तै, ट्रफि र मेडल स्व.केशवबहादुर मगरको स्मृतिमा छोराहरु याम, कुमार, पृथ्वी र मदन मगरले प्रायोजन गरेका छन् । आयोजक युनिटीले खेलकुदसंगै सामाजिक चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 470

प्रतिक्रिया (०)

सम्बन्धित खबर
छठ पूजाको इतिहास र उत्पत्ति
आइतवार, कार्तिक १८, २०८१
कहाँ कहाँ मनाइन्छ भाइ टीका ?
आइतवार, कार्तिक १८, २०८१
भाइटिकाका विषयमा जनउक्ति
आइतवार, कार्तिक १८, २०८१