Aamsanchar

चितवन सान्तोषा आइल्याण्ड जस्तै हुन्छ : प्रचण्ड

Author Image
बिहिवार, चैत २८, २०७५

काठमाडौं ,

 नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनलाई सिंगापुरको सान्तोषा बनाउन सकिने बताएका छन्।

  चितवनमा बिहीबार फन पार्कको उद्घाटन गर्दै प्रचण्डले भने, ‘चितवन र नेपालले धेरै रेकर्ड बनाउनेछ र आउने अवधिमा एउटा सभ्यता, संस्कृति र समृद्धिको नयाँ युग नेपाल बन्नेछ।’

चितवन देशकै केन्द्र भागमा रहेकाे हुनाले हरेक क्षेत्रमा पर्यटनकाे विकासमा महत्वपूर्ण याेगदान पुर्‍याउने प्रचण्डको भनाइ थियाे।

त्यस्तै युवाहरुकाे प्रशंसा गर्दै उनले हरेक युवाले विदेश गएर हैन स्वदेशमै बसेर देश  विकासमा लाग्न आग्रहसमेत गरे।  प्रचण्डले नेपालमा भएका सबै परिवर्तन दलहरुबीचको सहमतिले सम्भव भएको उल्लेख गर्दै विकास र समृद्धिका लागि पनि दलहरुबीच सहमतिबाटै अगाडि बढ्नुपर्ने धारणा व्‍यक्‍त गरे।

Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर