बिर्तामोड ।
नयाँ वर्षको शुभकामना सहित एमएसके फेमेली रेष्टुरेन्ट एण्ड बारले ग्रहाकलाई मध्यजनर गरेर विशेष छुटको ब्यवस्था गरेको छ ।
भारतको बेङ्लेरमा कर्पोरेट सेभ सम्बन्धी मास्र्टस् सम्म गरेर स्वदेश फर्किएका मेचीनगर–८ का कुमार कालीकोटेले बिर्तामोडमा सुविधा सम्बन्न बार सञ्चालनमा ल्याएका हुन् ।
२५ लाख रुपैंयाको लागतमा सञ्चालनमा आएको बारले ६ जनालाई प्रत्यक्ष रोजगारी समेत प्रदान गरेको छ । थाई, चाइनीज, इटालीयन लगायतका देशका परिकारहरु स्वादिष्ट रुपमा पाइने भन्दै कालीकोटेले आफुले स्टार होटलको सेवा सुविधाहरु उपलब्ध गराउने जानकारी दिए ।
बिर्तामोडमा खुलेका अन्य होटलभन्दा पारिवारीक वातावरणमा सञ्चालन भएको एमएसके फेमेली रेष्टुरेन्ट एण्ड बारले नयाँ वर्षको अवसरमा हरेक खाद्य सामग्रीमा १० प्रतिशत सम्म छुटको ब्यवस्था गर्नुका साथै शनिबार ४ बजेबाट विशेष सांगितीक कार्यक्रमको समेत आयोजना गरिएको बताइएको छ ।