चारपाने,चैत्र २९ । विगतका बर्षमा गाउँ सहरका टोलका गल्ली बाटोहरु अलकत्रा कालोपत्रे बनेपछि हिलोवाट छुटकारा पाईयो भनेर दंग परेका स्थानियहरु बर्ष दिन वित्न नपाउदै उक्त सडक भत्किर पहिलेको भन्दा हिडिनसक्नुको खाल्डाखुल्डी र हिलाम्मे भएर धेरै ठाउँका स्थानियहरु दुःखी भएको अवस्थालाई मध्येनजर गरेर बिर्तामोड नगरपालिका वडा नं. १ स्थित भिआईपी टोलका नागरिकले कालोको साटो सिमेन्टवाट निर्मित पेवर्सको बाटो निर्माण गरेका छन ।
१६ फिट चौडाई र १६५ फिट लम्बाई रहेको बाटो सुक्रबार विर्तामोड नगरपालिकाका प्रवक्ता वडा नं. १ का अध्यक्ष अग्नी पाण्डेले उद्घाटन गरेका थिए ।
नगरपालिको ६० प्रतिशत र स्थानियको ४० प्रतिशत लगानी गरेर कुल ६ लाख ८३ हजार १० रुपैयामा बाटो निर्माण सम्पन्न भएको निर्माण समिति अध्यक्ष हिमा प्रसाईले जानकारी दिईन ।
उद्घाटन कार्यक्रममा भिआईपी टोल सुधार समितिका संयोजक हरि शर्मा दाहालले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन निर्माण समिति कोषाध्यक्ष राम मैनालीले गरेको थिए ।